Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास ठान्न एमालेको आग्रह


२३ भदौ, लुम्बिनी । नेकपा (एमाले) लुम्बिनी प्रदेशमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले निर्वाचनलाई आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताएका छन् ।

नेकपा (एमाले)को यही साउन १६ गतेदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनबाट सबै पदमा सहमतीय प्रक्रियामा नेतृत्व छनोट असम्भव भएपछि निर्वाचन भएको थियो । निर्वाचन प्रक्रियालाई निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित राधाकृष्ण कँणेल र उपविजेता हरिप्रसाद रिजालले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई अवलम्बन गरिएको बताएका छन् ।

अध्यक्ष राधाकृष्ण कँडेलले भर्खरै सम्पन्न पार्टीको प्रथम अधिवेशनलाई गुट र उपगुटका रुपमा बुझाउने गरी चलेका प्रचारप्रति आपत्ति जनाएका छन् । अध्यक्ष कँडेलले जारी गरेको विज्ञप्तिमा पार्टीको आन्तरिक लोकतन्त्रलाई लिएर भइरहेका यस्ता प्रचारप्रति पूर्णरुपमा सजग र सचेत रहेको उल्लेख गरेका छन् । “हाम्रो पार्टी नेकपा (एमाले) श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वलाई सर्वाेपरी मान्दै पार्टीको विधान महाधिवेशन, राष्ट्रिय महाधिवेशनका नीति, विचार, सिद्धान्त आत्मसात् गर्दै एकताबद्ध, सशक्त र सुदृढ पार्टी निर्माणमा हाम्रो भूमिका हुनेछ”, उनले भनेका छन् ।

यस्तै निर्वाचनमा उपविजेता बन्नुभएका पार्टीका नेता रिजालले पनि पार्टीको प्रथम प्रदेश अधिवेशनमा लोकतान्त्रिक अभ्यासलाई सफल पार्नलाई महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई आभार व्यक्त गरेका छन् ।

साथै पार्टीको आन्तरिक निर्वाचनमा जसले जिते पनि एमालेको जीत ठानेर अघि बढ्न सबैमा आह्वान गर्दै आफू पनि पार्टीको काममा जतिबेला पनि दृढ सङ्कल्पका साथ अगाडि बढ्न सदैव प्रयत्न गरिनै रहने प्रतिबद्धता जाहेर गरेका छन् ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?