Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त एवं मन्त्रिपरिषद् गठन


२३ ,भाद्र ,मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई हिजो साँझ प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् ।

उनलाई हिजै प्रदेश प्रमुख खापुङ्गले शपथ ग्रहण गराएका हुन् । प्रमुख खापुङ्गले मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

यसैगरी उनले मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् गठनका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम तिलकुमार मेन्याङ्वो (लिम्वु)लाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, पाँच कर्ण राईलाई पर्यटन, वन तथा वातावरण र उद्योग, कृषि तथा सहकारी मन्त्री, एकराज कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री र सिर्जना राईलार्ई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्न सिफारिश गरेका हुन् ।

प्रदेश प्रमुख खापुङ्गले मेन्याङ्वो, राई र कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

यसैगरी मुख्यमन्त्री कार्की राज्यमन्त्री राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

शपथ ग्रहण समारोहमा प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापा, प्रदेशसभा सदस्य, प्रदेश सरकार अन्तर्गतका कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?