Trending
>>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

निजामती सेवा दिवसमा पहिलो सेवाग्राहीलाई काठमाडौं प्रशासनको सम्मान


२२ ,भाद्र ,काठमाडौँ ।  २० औं निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यालयबाट सेवा लिने पहिलो चार सेवाग्राहीलाई सममान गरेको छ ।

सहायक सिडिओ तथा प्रवक्ता खड्गबहादुर श्रेष्ठका अनुसार सेवाग्राहीहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । यसरी स्मनित हुनेमा गोविन्द ठकुरी, अलका प्रधान, बिना बज्राचार्य र अनु सिल्वाल रहेका छन् ।यस अवसरमा सेवानिवृत्त कर्मचारीहरुलाई विदाई र वर्षको उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गरिएको थियो ।

सेवा निवृत्त हुनेमा युवराज कोईराला र कुल बहादुर क्षेत्री रहेका थिए । वर्षको उत्कृष्ट कर्मचारीमा प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुङ्गाना, सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मानित हुनेमा नायब सुब्बा लक्ष्मी प्रसाद तिम्सिना र कार्यालय सहयोगीजीवन महर्जन रहेका छन । साथै कार्यालय परिसर सरसफाई, वृक्ष तथा पुष्ष रोपण लगायतको कार्यक्रम गरि दिवस मनाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?