काठमाडौँ। चैत्र १५ गतेको तीनकुले प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग सांसदहरुले गरेका छन् । आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । सांसदहरुले चैत्र १५ गतेको घटनामा सुरक्षाका हिसावले सरकारले कमजोरी गरेको औंल्याएका छन्
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले देशमा संकट परेको बेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद अवरुद्ध भएको बताएका छन् । आईतवार विपक्षीहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले देशमा समस्या परेको बेलमा सांसदहरुले एकतावद्ध भएर संसदमा आफ्नो कुरा
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आईतवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले तीनकुनेमा भएको व्यवस्था विरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसदमार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने बताए। उनले गणतन्त्रवादीहरुलाई एकताबद्ध गरी व्यवस्था सुदृढ बनाउनु पर्नेमा प्रधानमन्त्री अन्तै अल्मलिएको
काठमाडौँ। नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरिह बन्नुपरेको बताएका छन् । आईतवार संघीय संसदको परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राजावादी समूहका प्रदर्शनकारीहरु कहिले जुलुस निस्केला र लुटौंला भनेर बसेको देखिएको टिप्पणी गरेका छन् । उनले राजावादीहरु राजनीतिक इच्छाका
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त गर्दै चैत २५ गतेभित्र देशभर भण्डाफोर र प्रदर्शन गर्ने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यावपी
काठमाडौँ। चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीहरुको प्रदर्शनबाट भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा
काठमाडौँ। अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजले धर्ना दिएको छ । आईतवार बिहान काठमाडौंको माईतीघर मण्डलामा नागरिक समाजले लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गर्दै अराजकता र हिंसालाई निरत्साहित गर्न माग गर्दै धर्ना दिएको हो । उनीहरुले गणतन्त्रको जग सबल बनाऔँ, अराजकतालाई नियन्त्रण गर, आर्थिक
काठमाडौँ। नेपाली काँग्रेसले तीनकुनेमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निस्कर्ष निकालेको छ । शनिवार पार्टीको पदाधिकारी बैठकको निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले उक्त घटना पूर्वराजाकै निर्देशनमा भएकाले घटनाको जिम्मेवारी पनि उनले नै लिनुपर्ने निस्कर्ष निकालेको बताएका छन् । उनले पूर्वराजाको आयोजनामा समिति गठन गरेर
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् । शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा शुक्रवार आन्दोलनकारीहरुले तोडफोड गरी पु¥याएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरेका हुन् । शुक्रवार राजावादीहरुले
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलनका क्रममा क्षति पुगेको तीनकुने लगायतका क्षेत्रको अनुगमन गरेका छन् । शनिवार बिहान गृहमन्त्री लेखकसहित मन्त्रालयका कर्मचारीहरुले क्षतिग्रस्त भएका स्थानहरुको अनुगमन एवं निरीक्षण गरेका हुन् । शुक्रवारको आन्दोलनमा आन्दोलनकारीहरुले तीनकुने, बानेश्वर, जडिबुटी, कोटेश्वर लगायतका क्षेत्रमा निजी र सार्वजनिक सम्पती तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए