Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

अवसरका लागि विश्वभरमै श्रमिकहरु भौँतारिरहेका छन्ः श्रममन्त्री भण्डारी


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आ आफ्नो अवसरका लागि नेपाली श्रमिकमात्र नभई संसारका श्रमिक भौँतारिइरहेको बताएका छन् ।

शुक्रवार श्रम, आप्रवासन, लैङ्गिक र जलवायु परिवर्तनसम्बन्धी बहुसरोकारवालासँगको छलफलमा मन्त्री भण्डारीले अवसरसँगै आफू र आफ्ना सन्तानको भविष्यका लागि आन्तरिकदेखि अन्तर्राष्ट्रिय आप्रवासनसम्मको अवस्था सिर्जना भएको बताएका हुन् । उनले पूरै गाउँ खालि रहेको र देश खालि भएको भन्दै नेपालमा केही छैन भन्ने भास्य निर्माण गरिएको बताए । विगत पाँच वर्षमा ६० लाख नेपाली विदेशिएको र ५० लाख स्वदेश फर्किएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको बताएका छन् । मन्त्री भण्डारीले नेपालमा गाउँघर खाली के कारणले भए, के कारणले खाली भए र कसरी फर्काएर गाउँमा नै लिएर जाने भन्ने विषयमा इमान्दारितापूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिलेको श्रम संसारको विषयमा कुरा गरिरहेका छौं । श्रम बजार ठूलो छ, यो नेपालसँगमात्र सम्बन्धित विषय होइन । विश्वभरका मानिसहरु महिला पुरुष सबै आआफ्ना किसिमका अवसरका लागि संसारभर भौँतारिएको अवस्था छ । सबैलाई राम्रो लाउने खाने अथवा अवसर प्राप्तिसँगै छोराछोरीलाई राम्रो शिक्षा दिने चाहनाको आशमा मानिसहरु संसारभरि घुमि नै रहेका हुन्छन् । आप्रवासन भनेको आन्तरिकदेखि अन्तर्राष्ट्रिय आप्रवासनसम्म हुन्छ । हरेक मुलुकका आआफ्नो परिस्थिति हुन्छन्, नेपाल पनि एउटा परिस्थितिबाट गुज्रिरहेको छ । धेरै मुलुकहरु धेरै पहिले गुज्रिएका थिए अहिले हामी गुज्रिरहेका छौं । केही कुराहरु अत्यन्त इमान्दारितापूर्वक चिरफार गरेर अगाडि बढ्नुपर्ने छ । यसलाई हामी घाँटीमाथिको मात्र विषय बनाएर हुँदैन, त्यसलाई भित्रसम्मको विषय बनाएर हामीले काम गर्नसक्नु पर्नेछ । केही तितो यथार्थपनि सम्झनुपर्ने हुन्छ र त्यसलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ । नेपालमा विशेषगरी गाउँ खाली हुने प्रक्रिया कहिलेदेखि सुरु भयो र कसरी सुरु भयो ? त्यसको कारण अहिले हामीले कुरा गरिरहेका छौं जलवायु परिवर्तनले प्रत्यक्षरुपमा असर पारेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर अहिले भोगिरहेको छ नेपालले त्यसकारण त्यसको असर मानवजातीमा परिरहेको छ । केही विषय हामी आफैंले उब्जाएका पनि छौं । हामी लामो समय विभिन्न किसिमका आन्दोलन र द्वन्दबाट यो अवस्थामा आइपुगेका छौं । यसको असरबारे हामीले इमान्दारितपूर्वक सोच्नुपर्ने भएको छ । अहिले एक किसिमको भास्य निर्माण गरिएको छ– पुरै गाउँ खालि भएको छ, देशै खालि भएको छ, सबै बाहिर गइरहेका छन् कहिँ केही छैन भनिएको छ । वैदेशिक रोजगार विभागको डाटाबाट पनि विगत पाँच वर्षमा ६० लाख नेपाली विदेशिएको र ५० लाख स्वदेश फर्किएको अवस्था छ । यो परिस्थिति जुन छ यसलाई निश्चितरुपमा आँकडाबाट पुष्ट्याई गर्नुपर्ने अवस्था छ । र, अर्को विषयवस्तु भनेको नेपालमा गाउँ खाली भएका छन्, कहिलेदेखि खाली भाको हो र के कारणले खाली भए, कसरी फर्काएर लिएर जाने यो विषयमा पनि इमान्दारितापूर्वक काम गर्नुपर्छ । सरकार र व्यवस्थामात्र कुरालाई जोडर हुँदैन, यसका पछाडिका कारणहरुलाई हामीले केही देखिएका विषयहरुमात्र जोडेर नभई नदेखिएका विषयसमेत धेरै रहेका छन् । तर, महत्वपूर्ण विषय भनेको अर्थतन्त्र नै हो ।’

उनले देखिएका विषयमात्र जोडेर नभई नदेखिएका कारणहरुमा समेत इमान्दारितापूर्वक काम गरेर गाउँ बस्तीमा मानिसहरु फर्काउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?