Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

संघीयता सफल बनाउन प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण आवश्यकः सांसद ढकाल


काठमाडौँ। नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले संघीय प्रणाली प्रभावकारी बनाउनका लागि स्थानीय र प्रदेश सरकारलाई पर्याप्त अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद ढकालले अहिले पनि केन्द्रले स्थानीय तथा प्रदेश सरकारलाई अधिकार दिन नसकेको टिप्पणी गरे । उनले राजनीतिक पार्टीहरूमा सत्ता हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तिकारी कुरा गर्ने प्रवृत्तिले पनि समाजमा भ्रम र अस्थिरता फैलाइरहेको बताए । उनले स्थानीय तह र प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने प्रवृत्तिको अन्त्य नगरे वर्तमानजस्तै बहस तीन वर्षौसम्म दोहोरिरहने बताए । सांसद ढकालले सत्तामा हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तीकारी कुरा गर्ने राजनीतिक संस्कारको अन्त्य गर्न जरुरी रहेको समेत बताए । उनले सत्तामा हुँदा देश र जनताको हितमा काम नगर्ने तर प्रतिपक्षमा गएपछि समाजलाई उत्तेजित बनाउने राजनीतिक रोगको अन्त्य गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘मुलुकमा संघीयता छ, तीन तहको सरकार हामीले निर्माण गरेका छौँ । तर, संघ, प्रदेश र स्थानीय तहको सरकारमध्ये हामीले स्थानीय तह र प्रदेशलाई हामीले केन्द्रबाट अधिकार दिन सकिरहेका छैनौँ । जबसम्म हामी केन्द्रमा रहेका अधिकारहरु स्थानीय तहसम्म हस्तान्तरण गर्न सक्दैनौँ तबसम्म यी समस्याहरु हामीले भोगिरहनुपर्छ । यदि देश बनाउने हो, समृद्ध नेपाल र सुखि नेपालको आकाँक्षा पुरा गर्ने हो, रोजगारीको सिर्जना गर्ने हो भने हामीले केन्द्रमा भएका अधिकारहरु स्थानीय तहमा हस्तान्तरण गर्न सक्नुपर्छ । त्यो गर्न सकेनौँ भने आज पनि हामी तीन वर्ष अघिकै कुरा उठाइरहेका छौँ र अबको तीन वर्षपछि पनि हामीले त्यही कुरा उठाउने अवस्थामा रहनेछौँ भन्ने कुरा म यहाँ राख्न चाहन्छु । दोस्रो, सत्तामा हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तीकारी कुरा गर्ने, समाजलाई उत्तेजित बनाउने राजनीतिक रोग नेपाली समाजमा छ । यसलाई पनि हामीले परिवर्तन गर्नुपर्ने छ । देशको समस्यालाई समाधान गर्नको लागि हामीलाई जनताले निर्वाचित गरेर पठाएका हुन् । समस्या छ भन्ने कुरा जनतालाई पनि थाहा छ । त्यसको महत्व गरिमा बुझ्न जरुरी छ । त्यस्तो गर्न सकेनौँ भने हामीले देशलाई अगाडि बढाउन सक्दैनौँ ।’

उनले सांसदहरु मुलुक र जनताको समस्या समाधान गर्न निर्वाचित भएर आएको स्मरण गराउँदै त्यसको गरिमा राख्न समेत सुझाव दिए ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?