Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सरकारले सदनलाई हेप्योः प्रमुख सचेतक पाण्डे


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विनियोजित शिर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन् । उनले कार्यसूचि आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए । उनले सदनमा आन्दोलन भएको लामो समय भएपनि सरकार बेखबर रहेको बताए । उनले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘सरकारले यो सदनलाई यत्ति हेपेको छ । यसको बयान गरी साध्य छैन । बारम्बार हामीलाई कार्यसूचि आउँछ । फेरि कार्यसूचि हटाइन्छ । कारण सोध्दा मन्त्रीको उपस्थिति छैन । सदनमा आन्दोलन भएको यत्रो समय भयो । त्यसको जवाफदेही पनि छैन । सम्माननीय प्रधानमन्त्रीज्यु यहाँ उपस्थित हुनुभयो । आजको कार्यसूचिमा पनि मन्त्रीहरु सबै उपस्थित हुनुहुन्न । यो विषयवस्तु संसदले नै हेर्नुपर्ने विषयवस्तु हो । मन्त्रीहरुको उपस्थिति बेगर आज हुने छलफल अघि बढाइनु हुँदैन । यो हाम्रो नियमावलीको ठाडो उल्लंघन हो । नियमावली हामीले पालन गर्नुपर्ने, सरकारले पालन गर्नु नपर्ने । कहाँसम्मको अन्याय हो यो ।’

उनले बजेटको कितव नआउँदा खर्च कटौतिको प्रश्ताव दिन नपाएको गुनासो गरे ।


प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?