Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

न्याय पाउनको लागि तीन पुस्तासम्म अदालत धाउने प्रवृत्तिको विकास भयोः सांसद कुँवर


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुवँरले सरकारले न्याय निरूपणको प्रक्रियालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विनियोजन विधेयक अन्तर्गत वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको छलफलमा भाग लिँदै सांसद कुवँरले यस्तो आरोप लगाएका हुन् । जनताले न्याय पाउनका लागि तीन पुस्तासम्म अदालत धाउने अवस्था उत्पन्न उनको टिप्पणी छ । आमजनताबाट आलोचित विषयवस्तुहरूलाई सरकारले गम्भीर ढंगले हेर्नुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘हामीले न्याय निरुपण गर्न सकिरहेका छैनौँ । तीन पुस्तासम्म अदालत धाउने प्रवृत्तिको विकास भएको छ । न्यायालयबाट छिटो न्याय पाउनुपर्छ भन्ने आम जनताको धारणा छ । छिटो न्याय पाउनको लागि त्यही किसिमको कार्यक्रम पनि हामीले तय गर्नुपर्छ । त्यसैले आमजनताबाट आलोचित विषयवस्तुहरुलाई सरकारले गम्भिर ढंगले हेर्नुपर्छ । न्याय निरुपणको सवालमा सरकारले चासो दिएको जस्तो लाग्दैन ।’

उनले आम्दानीको मूख्य स्रोतमध्ये वन क्षेत्र पनि एक भएको उल्लेख गर्दै त्यसको व्यवस्थापनमा जोड दिन जरुरी रहेको समेत बताए ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?