Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

निजामति ऐनबारे जसपा नेपालका सांसद अधिकारीको प्रतिक्रियाः सरकारले कानून बनाउने भए संसद किन चाहियो ?


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले संसदीय समितिबाट पारित भएको संघीय निजामति ऐन जस्ताको त्यस्तै सदनबाट पारित हुनुपर्ने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सरकारले संघीय निजामति ऐन संसदको कार्यसूचिमा चढाएपनि अघि बढेन । बिहीवारको प्रतिनिधि सभा बैठकको कार्यसूचिमै नराखिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहितका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । संघीय निजामति ऐन संसदको समितिले एकमतले पारित गरेको विषयलाई कुनैपनि बहानामा रोक्न नहुने सांसद अधिकारीले बताए । सरकारले नै कानून बनाउने हो भने किन संसदीय समिति चाहियो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘यो क्यालेण्डरमा आएर पनि हटेको अवस्था छ । त्यो संसदको समितिले एकमतले पारित गरेको विषयलाई कुनैपनि बहानामा कुनैपनि कारणमा केही पनि प्रपञ्च गर्न मिल्दैन । यसले संसदीय मर्यादा पालना गर्दैन । संसदीय मर्यादा पालन गर्नुपर्छ । नभए त्यो संसदीय समिति के कामको । प्रश्न उठिसकेको छ । सरकारले नै सबै चिज गर्ने र कानून पनि बनाउने हो भने किन संसद चाहियो । किन संसदबाट अनुमोदन गराउनुपर्यो । निजामति ऐन, जसरी समितिले जुन प्रकारले पेश गरेको छ, त्यसलाई त्यही रुपबाट संसदबाट अनुमोदन हुनुपर्छ ।’

उनले संसदले गर्ने निर्णय सबैले मान्नुपर्ने बताए ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?