Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

राजनिति


राष्ट्रसङ्घीय महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता

२४ फागुन, एजेन्सी राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ । उनिहरुका बीचमा बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस सो भेटवार्ताका लागि बुधबार युक्रेन पुग्ने जानकारी दिएका

सातै प्रदेशमा स्तन क्यान्सर र पाठेघरको क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री प्रचण्ड

२४ फागुन, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताएका छन् । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । सम्बोधनमा प्रधानमन्त्रीले भने, “यसैगरी

महिलालाई डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउ : डा. देउवा

काठमाडौं, फागुन २४ : नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. अरजु राणा देउवाले डिजिटल क्रान्तिबाट लाभ उठाउन सक्षम बनाउने सुनिश्चितता सहितको महिला अधिकार स्थापित गर्नु पर्ने बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसके सन्दर्भमा सन्देश जारी गर्दै नेपाल र विश्वभर लैङ्गिक समानताको प्रवर्द्धनमा भएका महत्वपूर्ण प्रगतिलाई स्वीकार गर्दै विशेष गरी

राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार निर्णय लिने

२४ फागुन, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ

कतारमा नयाँ प्रधानमन्त्री र गृहमन्त्री नियुक्त

२३ फागुन, एजेन्सी। कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । साथै उनले अर्का एक जनालाई गृहमन्त्री बनाएका छन् । अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिएको राजीनामा अमिरले स्वीकृत गरेका छन्

आमाका नामबाट नागरिकता नपाउने समस्या समाधान गर्न लागि पर्छु : उपाध्यक्ष अर्याल

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले आमाका नामबाट नागरिकता नपाउनेलगायत नागरिकता समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाउनुभएको छ । एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला, कानून र विकास मञ्च एवं इक्वालिटी नाउले आज यहाँ आयोजना गरेको ‘मबाट महिलावाद’ विषयक कार्यक्रममा उहाँले संविधानमा व्यवस्था गरेर पनि आमाका नामबाट

शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सरकार दत्तचित्त भएर लागेको छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ । उहाँले त्यसलाई सरकारको प्राथमिक कार्यभारका रूपमा लिएको स्पष्ट पार्नुभयो । धादिङको गल्छीमा आजदेखि सुरु भएको सामुदायिक रेडियोहरूको दुईदिने राष्ट्रिय परामर्श सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले चालु संसद् अधिवेशनबाटै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति

बृहत्तर हितलाई ध्यान दिएर पार्टीले निर्णय गर्छ : प्रवक्ता श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बृहत्तर हितलाई हेरेर निर्णय लिने जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको र उक्त बैठकले बृहत्तर हितबारे निर्णय लिने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बुधबार दिउँसो १ बजे बैठक बोलाइएको छ

आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल

आज बसेको आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । बैठकमा यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन परिचालनसँग जोडिएका विषयमा छलफल भएको कांग्रेस उपसभापति एवं कार्यदल संयोजक पूर्णबहादुर खड्काले

महिला र पुरुषको समविकास बिना देशको सर्वाङ्गीण विकास हुन सक्दैन : उपाध्यक्ष अर्याल

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले महिला र पुरुषको समविकास बिना देशको सर्वाङ्गीण विकास हुननसक्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगको २१औँ स्थापना दिवस तथा ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिलाका लागि नीतिगत वकालतमा आयोगले काम गर्नुपर्नेमा जोड दिनुभयो । “सबै तहमा

सम्वन्धित समाचारहरु