Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

बुबाको राज्याभिषेकमा राजकुमार ह्यारी एक्लै सहभागी हुँदै, श्रीमती र छोराछोरी नजाने


१ वैशाख, एजेन्सी । आगामी महिना हुने आफ्ना पिताको राज्याभिषेका समारोहमा राजकुमार ह्यारीले भाग लिने भएका छन् । उनकी श्रीमती मेघन र दुई छोराछोरी भने दक्षिणी क्यालिफोर्नियाको घरमै बस्ने भएका छन् । राज्याभिषेक समारोहमा राजकुमार दम्पतिको सहभागितालाई लिएर महिनौंको अनुमानको अन्त्य गर्दै बकिङ्घम दरबारले ड्युक अफ ससेक्स उपस्थित हुने तर उनकी पत्नी डचेस अफ ससेक्स सहभागी नहुने पुष्टि गरेको हो ।

आगामी वैशाख २३ गते राजा चाल्र्स तृतीयको वेस्टमिनिष्टर गिर्जाघरमा राज्याभिषेक हुँदैछ । उक्त समारोहमा विश्वभरका शीर्ष नेता तथा व्यक्तिसहित दुई हजार विशिष्ट पाहुनाका बीचमा राजदरबार त्यागेका राजकुमार ह्यारी पनि अतिथि बन्नेछन् । प्राप्त समाचारअनुसार डचेस अफ ससेक्स मेघनले आमन्त्रण अस्वीकार गरेका छन् ।

राजपरिवारका सदस्यसँगको आफ्नो मतभिन्नता, बेलायती सञ्चार माध्यमबाट राजकुमार ह्यारी र शाही परिवारलाई लिएर भएका गतिविधि, उनकी श्रीमती मेघनका विषयमा राजपरिवारका सदस्यले गरेका टिप्पणीलगायत राजपरिवारको सदस्यका रूपमा भोगेका आरोह अवरोह समेटेर प्रकाशन भएको उनको पुस्तक ‘स्पेयर’ विश्वभर चर्चित भएको छ । राजपरिवारसँगको उनको यो भेट उक्त पुस्तक बजारमा आएपछिको पहिलो हुनेछ ।

पारिवारिक मनोमालिन्यका कारण तीन वर्षअघि राजकुमार ह्यारी र उनकी पत्नी मेघनले राजकीय कर्तव्यबाट अवकाश लिएको घोषणा गर्दै अमेरिका बसाँइ सरेका थिए । राजपरिवारका सदस्यबीचको वैमनस्यता गत महिना फेरि सार्वजनिक भयो जब विन्डसर दरबारमा रहेको राजकुमार ह्यारीको निवास फ्रोगमोर कटेज खाली गर्न भनिएको थियो ।

विश्वका १६ भाषामा छापिएको ह्यारीको आत्मकथामा बेलायती राजपरिवारभित्रका आपसी घृणा, स्वार्थ र वैमनस्यताका अचम्म लाग्दा किस्सा छन् । ह्यारीलाई सिंहासनको उत्तराधिकारी उनका दाजु विलियमले सन् २०१९ दरबारभित्रै पिटेको सनसनीखेज खुलासादेखि कौमार्य भङ्ग, अफगानिस्तनमा हेलिकप्टर उडान, विद्रोहीको हत्यालगायत सामग्री छन् । पुस्तकमा दाजुभाईबीच विवाद बढ्दै गएपछि विलियमले आफूलाई कठालोमा समातेर भुइँमा पछारिदिएको पत्नी मेघनलाई ‘अशिष्ट आइमाई’ भनेर गालीगलौज गरिएको स्मरण पनि समेटिएको छ ।

सन् १९८४ को सेप्टेम्बर १५ मा जन्मेका ह्यारी बेलायतका राजा चाल्र्स र उनकी पहिलो पत्नी डायनाका दोस्रो सन्तान हुन् । अमेरिकी अभिनेत्री मेघन मार्कलसँग विवाह गर्नुअघि उनी ससेक्सको ड्युक थिए । अश्वेत युवती मेघनसँगको विवाहलाई दरबारले कहिल्यै मन पराएन । परिवारभित्रै बाहिरियाजस्तो हुन पुगेपछि उनी दुई सन्तान आर्ची र लिलिबेटका साथ अमेरिका प्रस्थान गरेका हुन् ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?