Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्छ : नेता कोइराला


१ वैशााख, काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले यस वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गर्न लाग्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै नेता कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बोधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्ने बताए ।

“विसं २०७९ चुनावी वर्ष रह्यो, नेपालको संविधानअनुसार झन्डै ३६ हजार जनप्रतिनिधि शान्तिपूर्वक निर्वाचित भएर राष्ट्र निर्माणको जिम्मेवारीमा पुगेका छन्, यो वर्ष बेरोजगार युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउनुपर्छ”, कोइरालाद्वारा जारी सन्देशमा उल्लेख छ ।

मुलुकमा भ्रष्टाचार, कुशासन र महँगी अनियन्त्रित भएकाले राजनीतिक दल र तिनका नेताप्रति आम नागरिकको भरोसा र विश्वासमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै नेता कोइरालाले अब पनि शासन, प्रशासन र राजनीतिक दलहरू नागरिकमैत्री हुन ढिलो भए सात दशक लगाएर जारी गरिएको नेपालको संविधान प्राप्तिको रटानले मात्र नागरिकको चित्त बुझाउन नसकिने बताए ।

बितेको दशक विविध उतारचढाव आएको जिकिर गर्दै उनले भूकम्प, नाकाबन्दी, कोरोना महामारीले देशको आर्थिक विकास र सामाजिक सम्बन्धमा निराशा छाएकाले अब पुनःस्थापनामा लाग्न नयाँ वर्ष २०८० मा प्रेरणा मिल्ने नेता कोइरालाले बताए । उनले नयाँ वर्षको उल्लासमय समयमा देशमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न सबै राजनीतिक दल र तिनका नेतामा विवेकको प्रयोग गर्दै साझा सङ्कल्प गर्ने अठोट कायम होस् भन्ने कामना गरेका छन् ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?