Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

चुहावट भएका सैन्य दस्तावेजबारे विश्वलाई स्पष्ट पार्न अमेरिकालाई चीनको आग्रह


१ वैशाख, एजेन्सी । चीनले अमेरिकी सेनाको गोप्य दस्तावेज सार्वजनिक भएको विषयमा अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन अमेरिकी पक्षलाई आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार पेन्टागनका केही शंकास्पद गोप्य दस्तावेजहरू हालै सामाजिक सञ्जालमा प्रसारित भइरहेका छन् । चुहावट भएका ‘यी दस्तावेजहरूले अमेरिकी सरकार रूस र युक्रेनबीचको द्वन्द्वमा गहिरो रूपमा संलग्न रहेको र आफ्ना सहयोगीहरूको जासुसी गरिरहेको’ सङ्केत गर्छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा भने, “चीनले धेरै सञ्चारमाध्यमले अमेरिकी सेनाका यी दस्तावेजले युक्रेन सङ्कटमा अमेरिकाको गहिरो संलग्नता स्पष्ट रूपमा देखाउँछ भनेर औंल्याएको उल्लेख गरेको छ ।”

यसका लागि संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन आवश्यक छ,” वाङले भने ।

वाङका अनुसार उच्च अमेरिकी कूटनीतिज्ञले तथाकथित ‘समिट फर डेमोक्रेसी’मा अमेरिकाले साझेदारहरूसँग मिलेर प्रविधिको विकास र प्रयोग ‘लोकतान्त्रिक मूल्य र स्वार्थ’ प्रतिबिम्बित हुने गरी सुनिश्चित गर्न काम गरिरहेको बताएका थिए ।

उनले भने, “तथ्यले संयुक्त राज्य अमेरिकाले दाबी गरेको तथाकथित ‘लोकतान्त्रिक मूल्यहरू’ संयुक्त राज्य अमेरिकाका लागि स्वार्थी लाभ खोज्ने बहाना र औजार मात्र हुन् भन्ने फेरि एकपटक प्रमाणित गरेको छ ।”


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?