Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

राजनिति


राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । समितिको बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो । समितिको सचिवालयका अनुसार बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।

अर्थमन्त्रीसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ

काठमाडौँ। एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआइआइबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेटका क्रममा नेपाललाई लगानीको प्राथमिकतामा राखिएको जनाएको मन्त्री पुनको सचिवालयले जनाएको छ । त्यस अवसरमा अर्थमन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए

चीन भ्रमणमा एमाले उपाध्यक्ष विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।

‘संवाद यात्रा’ पुनः सुरु गर्दै गगन थापा

काठमाडाैं । कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार (१५ चैत) बाट सुरु गर्न लागिएको हो । १३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । १३

रोकाय कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतक

काठमाडाैं । नेपाली कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत भएका छन्। सोमबार कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रोकायलाई प्रमुख सचेतक मनोनीत गरेका हुन्।

कांग्रेसले पठायाे इलाम २ का आकाङ्क्षीकाे नाम

काठमाडौँ । आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकाङ्क्षीहरूको नाम केन्द्रीय समितिमा पठाएको छ । कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकाङ्क्षी उम्मेदवारहरूको नाम केन्द्रमा पठाइएको हो । ‘कांग्रेस इलाम कार्य समितिले

राजनीतिमा सुहाङः कानुन व्यवसायीदेखि फुटबल क्लबका मालिकसम्म

काठमाडौं । सुहाङ नेम्बाङ पेशाले कानुन व्यवसायी हुन् । तर, उनको परिचय यतिमा मात्रै सिमित छैन । सुहाङ  ‘स्पोर्टिङ इलाम डि मेची’ नामक फुटबल क्लबका मालिक पनि  हुन । ३२ वर्षीय सुहाङका तीन पुस्तानै वकालत पेशामा  परिचय बनाउनेमा पर्छ । फुटबलका लागि नयाँ नाम सुहाङको परिवारिक पृष्ठभूमि भने राजनीति हो

इलाम– २ मा एमालेबाट ३२ वर्षीय सुहाङ नेम्वाङ उम्मेदवार !

काठमाडौं । इलाम– २ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार बनेका छन । १५ बैशाखमा हुने उपनिर्वाचनमा उनलाइ उम्मेदवार बनाएको हो । ३२ वर्षीय सुहाङ सुवास नेम्वाङमा छोरा हुन । इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । एमाले सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको

साँगा–धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो । सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप

संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्नुपर्छः पूर्वराष्ट्रपति विद्यादेवी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले होलीपर्वमा मौलितकतालाई जोगाउन आह्वान गरेकी छिन । उनले होलीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दै संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नपर्नेमा जोड दिएकि हुन्। उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत

सम्वन्धित समाचारहरु