Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

कांग्रेसले पठायाे इलाम २ का आकाङ्क्षीकाे नाम


काठमाडौँ । आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकाङ्क्षीहरूको नाम केन्द्रीय समितिमा पठाएको छ । कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकाङ्क्षी उम्मेदवारहरूको नाम केन्द्रमा पठाइएको हो । ‘कांग्रेस इलाम कार्य समितिले पठाएको सात जनाको नाम जस्ताको त्यस्तै प्रदेश समितिले निर्णय गरेर केन्द्रमा पठाएका छौँ । बाँकी विषयमा केन्द्रीय समितिले नै निर्णय गर्छ,’ सभापति थापाले भने ।

कांग्रेस इलाम जिल्ला कार्य समिति इलामले पनि चैत्र ७ गते नै आकाङ्क्षी उम्मेदवारहरूको नाम प्रदेश समितिलाई पठाइसकेको कांग्रेस इलामका सचिव पूर्ण गौतमले जानकारी दिए । ‘क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको बैठकले गरेको निर्णयको प्रतिलिपिसहित प्रदेशमा पठाएका हौँ । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनलाई लक्षित गरी जिल्ला सभापति, पदाधिकारी, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरू, क्षेत्रीय पदाधिकारीहरू एवम् आकाङ्क्षीहरूको उपस्थितिमा जे निर्णय भएको थियो त्यही निर्णयलाई आधार मानेर प्रतिलिपिसहित चैत ७ गते निर्णय गरेर प्रदेश समितिलाई पठाइसकेका छौँ,’ सचिव गौतमले भने ।

गत मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकाङ्क्षीहरूको नाम पठाइएको हो ।


प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?