आज मिति २०८२ साल असार ०२ गते सोमबार (June 16 2025)आषाढ कृष्णपक्ष,पञ्चमी, १३:३३ बजेपछि षष्ठी अब हेर्नुहोस आजको राशिफल :- मेष – खर्च बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा वादविवाद बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो परिणाम आउनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। वृष – दिन रमाइलो छ। लगानी अनुसारको आम्दानी हुनेछ। श्रमको उचित
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख र संसद विचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन् । संघीय संसद भवनमा आईतवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद र सभामुख स्वयं विचौलियाको पक्षमा उभिएपछि संसद बहिष्कार गर्नुपरेको बताएका हुन् । उनले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध जनाइरहँदा
काठमाडौँ। प्रतिनिधि सभाको आईतवारको बैठकमा संघीय निजामति सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेश गरेका हुन् । विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० पुर्याउने, कुलिङ
काठमाडौँ। नेकपा एमाले सचिव योगेश भट्टराईले नेतृत्व विहीन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अल्मलिएको बताएका छन् । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन् । उनले रास्वपा एउटा उदयमान पार्टी भएको बताउँदै रास्वपालाई आफूहरुले पनि सम्मान गरेको बताए । संसदभित्र रास्वपाको घटना भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको बताए
काठमाडौँ। नेपाली काँग्रेस सांसद उदयसमशेर जबराले गृहमन्त्री रमेश लेखकमाथि आरोप नलागेकाले राजीनामा दिइरहन नपर्ने बताएका छन् । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद जबराले गृहमन्त्रीमाथि कुनै आरोप नै नलागी राजीनामा दिन आवश्यक नरहेको बताएका छन् । उनले अध्यागमन र भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छ वा छैन भने
काठमाडौँ। नेपाली काँग्रेस सांसद राजेन्द्र बजगाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको भूगोल नबुझेको मन्त्री भएको आरोप लगाएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । उनले आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई नेपालको भूगोल बुझेको व्यक्तिका रुपमा लिएपनि बजेटमा त्यस्तो नपाएको जिकिर गरेका छन् ।
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षाविपरित बजेट ल्याएको आरोप लगाएका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पाण्डेले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीको अध्यक्ष प्रधानमन्त्री, कम्युनिष्ट पार्टीकै अर्थमन्त्री र दुई तिहाइ
काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारहरु पनि गुम्नसक्ने खतरा कायम रहेको बताएका छन् । लामो संघर्षपछि ०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकारहरु पाएको बताउँदै पुनःबहाली भएको अधिकार सुरक्षित गर्न जरुरी रहेको बताए । प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने भन्ने सवाल अहिलेको मुख्य विषय भएको बताएका छन् ।
काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार सन्तुलित रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको बताए । अन्तरसरकारी वित्त हस्तान्तरणमा
काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल”मा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय अनुदान आफूहरूले प्रस्ताव गरेअनुसार