१४ ,कात्तिक ,काठमाडौँ । राष्ट्रियसभामा आज तीन आयोगका प्रतिवेदन प्रस्तुत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८० र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तीसौँ वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गरेका हुन्
१४ ,कात्तिक ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले भने, “शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घका साथै अन्तर्राष्ट्रिय समुदायको
काठमाडौं। सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ । सभाुमख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त धन्यवाद प्रस्तावलाई बैठकले सहमति दिएको थियो । चार दिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले सगरमाथा, अन्नपूर्ण आधारशिविर, पोखरा, लुम्बिनीको भ्रमण गरिसकेका छन् । आइतबार
काठमाडौं। जनता समाजवादी पार्टीले पार्टीको केन्द्रीय कार्यालयको भवन निर्माण गर्न केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवको नेतृत्वमा भवन निर्माण समिति गठन गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् । उनका अनुसार समितिमा अमरेशनारायण झा, बलराम महतो,
१३ ,कात्तिक ,काठमाडौँ । नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले सङ्गठन विभागका सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए । एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन
काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार परिषद्का सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ,बाबुराम भण्डारी,युवा सङ्घ कास्कीका अध्यक्ष असिम
१३ ,कात्तिक ,काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री रमा कोइराला पौड्याल सबै राजनीतिक शक्ति मुलुकका शत्रु गरिबी, भ्रष्टाचार र बेरोजगारीविरुद्धको अभियानमा पनि एकाकार हुन आवश्यक रहेको बताउछिन् । उनले लामो समयसम्मको राजनीतिक सङ्क्रमणले विभिन्न विकृतिविसङ्गति र अनियमितालाई मलजल गरेकाले छिटो आवश्यक कानुन निर्माण गरी त्यस्ता बेथितिविरुद्ध मोर्चा बनाए लड्नुपर्नेमा जोड दिईन्
१२ ,कात्तिक ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा आज बिहान नेपाल आउनुभएका महासचिव गुटेरेससँगको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण हिमाली देश नेपालले भोग्नुपरेका समस्या र समाधानको
१२ ,कात्तिक ,काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् । महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायतले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाबारे जानकारी दिएका थिए । महासचिव गुटेरेस पाटन दरबार क्षेत्रमा पुग्दा
१२ ,कात्तिक ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति भवनमा आज अपराह्न शिष्टाचार भेट गरे । त्यस अवसरमा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको संयुक्त राष्ट्रसङ्घलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उक्त विश्व संस्था र त्यस अन्तर्गतका विशिष्टीकृत निकाय, कोष तथा कार्यक्रमले नेपालको