Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

राष्ट्रिय सभा सिट भागबण्डामा किचलो कायमै, सत्ता गठबन्धनको बैठक आज पनि बस्ने


काठमाडौं। सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभा निर्वाचनको भागबन्डाको मुद्दा पेचिलो बन्दै गएको छ। सत्ताधारी दलहरूबीच अझैपनि राष्ट्रिय सभा निर्वाचनको सिटसम्बन्धी विवाद कायमै रहेको छ । सो विवाद मिलाउन गठबन्धन दल र तीनका शीर्ष नेताहरू आज बिहान पनि छलफलमा जुट्ने भएका छन्।

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्मको सहमतीमा चित्त बुझाएका छैनन् । उनले आफ्नो पार्टीले तीन सिट पाउनुपर्ने अडान राख्दै आएका छन् । आजको छलफलमा उनको मागलाई सम्बोधन गर्ने प्रयास गरिने जानकारी एक नेताले दिएका छन् ।

त्यस्तै, सत्तारुढ दलहरूले यसअघि कुन प्रदेशबाट कुन दलको उम्मेदवार निर्वाचन उठ्ने भन्ने कुरा लगभग निक्यौल गरिसकेका छन्। ती दलका नेताहरूको बैठक अहिले बिहान ८ बजे बस्ने जनाइएको छ ।

यी दलहरू १९ सिटमा भागबण्डा मिलाउने प्रयास गरिरहेका छन् भने यसअघि भएका सहमति अनुसार सात वटै प्रदेशको लगभग भागबण्डा मिलि सकेको छ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?