Trending
>>   देशभरका न्यायाधीश रविकाे पक्षमा? दिनेश त्रिपाठीविरूध्द न्यायाधीश समाजकाे यस्ताे विज्ञप्ती ! >>   असनमा आगलागी ! >>   काे हुन रुपन्देहीमा रवि लामिछानेको मुद्दा हेर्ने न्यायाधीश प्रल्हादकुमार योगी? >>   काभ्रेमा विहे गर्न नमानेपछि युवतीको अश्लील तस्वीर सार्वजनिक, युवक जेलमा ! >>   महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै >>   इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ >>   ट्रम्पद्वारा अमेरिकामा ५ सय अर्ब अमेरिकी डलरको एआई पूर्वाधार लगानीको घोषणा >>   नेपालमा पछिल्लो ६ महिनामा मात्र आगलागीमा परी २२ जनाको मृत्यु >>   प्रोजल ग्रिन इनर्जी र गोल्यान पावरद्वारा औपचारिक रूपमा संयुक्त उद्यम शुरु >>   भारतको महाराष्ट्रमा रेल दुर्घटनामा ११ जनाको मृत्यु
Logo
१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

राजनिति


रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु

काठमाडाैं । रास्वपाको दुई दिने बन्द कार्यशाला केन्द्रीय कार्यालय (चःमति, वनस्थली)मा सुरु भएकाे छ । – साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा क्षमता अभिबृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुई दिने बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको थियो।

टीआरसी चालु अधिवेशनबाटै पारित हुने !

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकको नेतृत्वमा झण्डै १० वर्षदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन राजनीतिक दलबीच सहमति जुटेको छ । संसदका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार टीआरसी विधेयक अगाडि बढाउने सहमति भएको छ ।

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई बुधवार पद तथा गोपनियताको शपथ गराएका हुन् । देवकोटा बागमती,घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि

रास्वपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय समिति हेरफेरको विवरण

काठमाडौं । रास्वपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको अध्यावधिक विवरण बुझाएको छ। गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा. मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेपछि रास्वपाले आज आयोगलाई केन्द्रीय

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेकागुरु बराललाई नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार बिहान ११ बजे होटल बसेरामा बस्दैछ। च्यासलमा रहेको पार्टी कार्यालको भूइँ तलामा बाढी पसेपछि सचिवालयको बैठक हनुमानथानमा रहेको होटल बसेरामा बस्न लागेको हो । सचिवालय बैठकमा समयसामयिक राजनीतिक विषय, पार्टीको आन्तरिक रणनीति र नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुनेछ ।

हाम्रीले आर्जन गरेको अनुभव, ज्ञान र सीप जनताको सर्वोत्तम हितमा केन्द्रित गरौँ: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ । डा.डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हामीले

संसदीय छानबिन विशेष समितिमा पाण्डेको स्थानमा बडू

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा नेपाली कांग्रेसका तर्फबाट सदस्य रहेका बद्रीप्रसाद पाण्डेको स्थानमा दिलेन्द्रप्रसाद बडूलाई ल्याइएको छ

राष्ट्रियसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्नेछन्। त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रश्तत गर्ने सम्भावित

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको

सम्वन्धित समाचारहरु