Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल बनाइएको छैनः डोलप्रसाद अर्याल


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले नेतृ सुमना श्रेष्ठलाई पार्टीमा फिर्ता बोलाउनका लागि कार्यदल नबनाएको स्पष्ट पारेका छन् ।

बुधवार अपरान्ह पार्टी केन्द्रिय कार्यालय घण्टाघरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो स्पष्टिकरण दिएका छन् । कार्यवाहक सभापति अर्यालले श्रेष्ठले दिएको राजीनामा आफूले स्वीकृत गरेको र पार्टी केन्द्रिय समिति बैठकले अनुमोदन गरेको उल्लेख गरेका छन् ।

उनले भने, ‘उहाँले लिखितम राजीनामा प्राप्त भएको छैन । तर उहाँले हाम्रो आधिकारिक ग्रुप हुन्छ पार्टी केन्द्रिय समितिको । त्यो ग्रुपमा उहाँले स्पष्ट रुपमा पार्टी छोडेको धारणा राखिसक्न भएको हुनाले कार्यवाहक सभापतिले हैसियतले मैले उहाँको राजीनामा त्यसैलाई आधार मानेर स्वीकृत गरेको छु । र त्यसलाई केन्द्रिय समिति बैठकले अनुमोदन पनि गरिसकेको छ । उहाँलाई पार्टीमा स्वागत गर्न हाम्रो ढोका खुला छ । कार्यदल बनाएको छैन ।’

कार्यवाहक सभापति अर्यालले पार्टी भित्र कुनै फरक मत नरहेको पनि दोहोर्याउनु भयो ।


प्रकाशित मिति: ९ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?