Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

जेन–जी आन्दोलनमाथि दमन गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता


काठमाडौँ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत २३ र २४ भदौको जेन–जी आन्दोलनको क्रममा गोली हानी युवाहरुको हत्या गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

बिहीवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनले आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी मृत्यु भएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि बताएकी छिन् । उनले घाइतेहरुको निःशुल्क उपचार भइरहेको पनि बताएकी छिन् । प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

उनले भनिन्, ‘आन्दोलनको क्रममा गोली हानेर युवाहरुको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

जेनजी आन्दोलनको क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ । सयौं उपचाररत छन् ।


प्रकाशित मिति: ९ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?