Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

भ्रष्टाचार अब क्षम्य हुँदैनः उर्जामन्त्री घिसिङ


काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेन-जी पुस्ताको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताएका छन् । देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको बताए । उनले सुशासनको विषयलाई गम्भीर रुपमा लागू गर्नुपर्ने र जेन जी पुस्ताले उठाएका सुशासनका विषयलाई गम्भीर रुपमा लिएर लागू गर्दै जनताको सेवामा कमी हुन दिनु नहुने उल्लेख गराएका छन् । कसैले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् । अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसौलाई नछोड्ने बताए ।

मन्त्री घिसिङले भने, ‘भ्रष्टाचारको निर्मुल गर्ने, सुशासन कायम गर्ने प्रमुख माग हो । देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्छ । देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्नुपर्छ । सुशासनको विषयलाई हामीले गम्भीर रुपमा लागू गर्नुपर्नेछ । मैले सबै मन्त्रालयमा, सबै सचिवज्युहरु, सबै कर्मचारी साथीहरुलाई भन्ने गरेको छु । अब हामीले अहिलेको गम्भीर अवस्थाबाट हामी सही दिशामा जानका लागि जेन जी पुस्ताले उठाएका सुशासनका विषयलाई हामीले गम्भीर रुपमा लिएर लागू गर्नुपर्छ । कतै जनताको सेवामा कमी हुन दिनु हुँदैन । कतैपनि अनियमितता, भ्रष्टाचार गर्नेकुरा क्षम्य हुँदैन । नेपाललाई सुशासनको दिशामा अघि बढाउनुपर्छ । कसैले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने निर्देशन छ । त्यसलाई हुबहु कार्यान्वयन गर्नुपर्छ । हामी कसैलाई पनि छुट छैन, अब पनि हामी चुक्यौँ र त्यस्तो गतिविधि भए यो देशमा अर्को ठूलो विद्रोह हुन्छ, त्यसले कसैलाई छोड्ने छैन । ठूलो जनधनको क्षति भएको त्यो एउटा आक्रोश पनि हो ।’

मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिवद्ध भएर लाग्न निर्देशन दिएका छन् । कुनै किसिमको अनियमितता र भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही हुने बताए ।


प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?