Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

भ्रष्टाचार अब क्षम्य हुँदैनः उर्जामन्त्री घिसिङ


काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जेन-जी पुस्ताको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणले शुभकामना र बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्ने जरुरी रहेको बताएका छन् । देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्न जरुरी रहेको बताए । उनले सुशासनको विषयलाई गम्भीर रुपमा लागू गर्नुपर्ने र जेन जी पुस्ताले उठाएका सुशासनका विषयलाई गम्भीर रुपमा लिएर लागू गर्दै जनताको सेवामा कमी हुन दिनु नहुने उल्लेख गराएका छन् । कसैले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् । अब पनि त्यस्तै गतिविधि भइरहे अर्को ठूलो विद्रोह हुने र त्यसले कसौलाई नछोड्ने बताए ।

मन्त्री घिसिङले भने, ‘भ्रष्टाचारको निर्मुल गर्ने, सुशासन कायम गर्ने प्रमुख माग हो । देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर देशलाई समृद्धितिर अघि बढाउनुपर्छ । देशभित्रै बसेर काम गर्ने वातावरण बनाउने चाहना युवापुस्ताको चाहना पूरा गर्नुपर्छ । सुशासनको विषयलाई हामीले गम्भीर रुपमा लागू गर्नुपर्नेछ । मैले सबै मन्त्रालयमा, सबै सचिवज्युहरु, सबै कर्मचारी साथीहरुलाई भन्ने गरेको छु । अब हामीले अहिलेको गम्भीर अवस्थाबाट हामी सही दिशामा जानका लागि जेन जी पुस्ताले उठाएका सुशासनका विषयलाई हामीले गम्भीर रुपमा लिएर लागू गर्नुपर्छ । कतै जनताको सेवामा कमी हुन दिनु हुँदैन । कतैपनि अनियमितता, भ्रष्टाचार गर्नेकुरा क्षम्य हुँदैन । नेपाललाई सुशासनको दिशामा अघि बढाउनुपर्छ । कसैले अनियमितता र भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने निर्देशन छ । त्यसलाई हुबहु कार्यान्वयन गर्नुपर्छ । हामी कसैलाई पनि छुट छैन, अब पनि हामी चुक्यौँ र त्यस्तो गतिविधि भए यो देशमा अर्को ठूलो विद्रोह हुन्छ, त्यसले कसैलाई छोड्ने छैन । ठूलो जनधनको क्षति भएको त्यो एउटा आक्रोश पनि हो ।’

मन्त्री घिसिङले प्राधिकरणभित्र सुशासन कायम गर्न कटिवद्ध भएर लाग्न निर्देशन दिएका छन् । कुनै किसिमको अनियमितता र भ्रष्टाचार गरेको पाइए तत्काल कारबाही हुने बताए ।


प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?