Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई माओवादी केन्द्रको ध्यानाकर्षण


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटिको बैठकले उक्त ध्यानाकर्षण गराउने निर्णय गरेको हो । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटाले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट आवश्यक भुमिका खेल्ने निर्णय गरेको जानकारी दिएका छन् । उनले जीएन जी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसंग वार्ता र संवाद गरेर सझदारी कायम गर्र्ने, समाजवादी मोर्चा र अन्य राजनितिक कार्यदिशा मिल्नेसँग एकता गर्ने, देशभक्त र परिवर्तनकारी पार्टीहरु, सामाजिक संघसंस्थाहरु सबैलाई समेटेर वृहत संयुक्त मोर्चा निर्माण गर्ने लगायतका निर्णय गरेको जानकारी दिएका छन्।

उनले भने, ‘तोकिएकै समयमा निर्वाचन गराउन सरकारको पुनः ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट यथासम्भव भुमिका खेल्ने । जीएन जी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसंग वार्ता, संवाद गरेर समझदारी कायम गर्ने । समाजवादी मोर्चा र अन्य राजनितिक कार्यदिशा मिल्नेसंग एकताको लागी प्रभावकारी पहल गर्ने । सबै देशभक्त, परिवर्तनकारी पार्टीहरु, सामाजिक संघसंस्थाहरु सबैलाई समेटेर वृहत संयुक्त मोर्चा निर्माण गर्ने ।’

माओबादीको बिहीवार बस्ने केन्द्रिय कमिटी बैठकको लागि एजेण्डा तय गर्न बुधवार स्थायी कमिटिको बैठक बसेको थियो । स्थायी कमिटीको बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै एजेण्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले बताउनु भयो । बैठकले महाधिवेशनको मिति तय गर्नेछ ।


प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?