Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई माओवादी केन्द्रको ध्यानाकर्षण


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटिको बैठकले उक्त ध्यानाकर्षण गराउने निर्णय गरेको हो । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नीप्रसाद सापकोटाले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट आवश्यक भुमिका खेल्ने निर्णय गरेको जानकारी दिएका छन् । उनले जीएन जी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसंग वार्ता र संवाद गरेर सझदारी कायम गर्र्ने, समाजवादी मोर्चा र अन्य राजनितिक कार्यदिशा मिल्नेसँग एकता गर्ने, देशभक्त र परिवर्तनकारी पार्टीहरु, सामाजिक संघसंस्थाहरु सबैलाई समेटेर वृहत संयुक्त मोर्चा निर्माण गर्ने लगायतका निर्णय गरेको जानकारी दिएका छन्।

उनले भने, ‘तोकिएकै समयमा निर्वाचन गराउन सरकारको पुनः ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट यथासम्भव भुमिका खेल्ने । जीएन जी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसंग वार्ता, संवाद गरेर समझदारी कायम गर्ने । समाजवादी मोर्चा र अन्य राजनितिक कार्यदिशा मिल्नेसंग एकताको लागी प्रभावकारी पहल गर्ने । सबै देशभक्त, परिवर्तनकारी पार्टीहरु, सामाजिक संघसंस्थाहरु सबैलाई समेटेर वृहत संयुक्त मोर्चा निर्माण गर्ने ।’

माओबादीको बिहीवार बस्ने केन्द्रिय कमिटी बैठकको लागि एजेण्डा तय गर्न बुधवार स्थायी कमिटिको बैठक बसेको थियो । स्थायी कमिटीको बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै एजेण्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले बताउनु भयो । बैठकले महाधिवेशनको मिति तय गर्नेछ ।


प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?