२३ चैत्र, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले प्रदेश सरकारको औचित्य नरहेको बतएका छन् । उनले विदेशबाट ऋण लिएर प्रदेश पाल्न नसकिने भन्दै यस्तो बताएका हुन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले प्रदेश कार्यकर्ता भर्ती केन्द्र मात्रै भएको पनि बताएका छन् । उनले संसद्मा भने, 'प्रदेश
२३ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् । पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेका पार्टी निकट जनवर्गीय संगठनसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने आश्वासन दिएका हुन् ।
२३ चैत्र, काठमाडाैँ । १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलबीचमा सरकारको न्यूनतम साझा नीति तथा
२३ चैत्र, काठमाडाैँ । चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का
२३ चैत्र, काठमाडाैँ । सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । केहीबेर अघि सुरू भएको बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको जानकारी दिइएको छ । न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल बनाइएको थियो । कार्यदलले विभिन्न ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको मस्यौदा बनाएको
२३ चैत्र, काठमाडाैँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।
२२ चैत ,लेखनाथ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लोक गीतको संरक्षणको दायित्व नेपाल सरकारको भएको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा उनले प्राकृतिक सम्पदा र लोक गीत तथा संस्कृतिमा नेपाल धनी भएको भन्दै यसको संरक्षण सरकारले ध्यान दिनुपर्ने बताए । दिवसको अवसरमा प्रतिष्ठानले २५ बालबालिकालाई
२२ चैत ,कर्णाली । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढङ्गले बिनियोजन गरेको आरोप लगाएका छन् । प्रदेशसभाको आजको बैठकमा मन्त्रालयले आफूखुसी बजेट विनियोजन गरेको भन्दै उनिहरुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य सुरेश अधिकारीले आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री राजकुमार
२२ चैत्र, काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक–वाम गठबन्धनको विद्यमान सरकार पाँच वर्षसम्म कायम रहने बताएका छन् । पार्टी केन्द्रीय प्रचार विभागद्वारा आज यहाँ आयोजित सम्पादकसँगको नियमित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष नेपालले विद्यमान सरकारले पाँच वर्ष निरन्तरता पाई मुलुकमा राजनीतिक स्थायित्व कायम हुने
२२ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी नगरी कारण देखाउ आदेश जारी गरेको हो । लामिछानेविरूद्धको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ भएको थियो ।