Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

कांग्रेस नेपाली जनताको सुख दुःखको साथी: उपसभापति खड्का


जाजरकोट: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेस जजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता र मतदाताले नेपाली कांग्रेसलाई तीनवटै तहमा पहिलो दल बनाएको उल्लेख गर्नुहुँदै कांग्रेस पनि त्यहि जनताको मतको सम्मान गर्दै सबै जनताको सुख दुःखको साथी पार्टी भएर काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहनुभएका खड्काले नेपाली कांग्रेसभित्र रुपातन्तरणको कुरा चलिरहेको विषयलाई संकेत गर्दै नेपाली कांग्रेसका हरेक नेता कार्यकर्ता तथा कांग्रेसबाट निर्वाचित सबै तहका जननिर्वाचित प्रतिनिधिले आफैबाट सुधारको सुरुवात गर्नुनै पार्टीको सहि रुपान्तरण हुनेमा जोड दिनुभयो । उपसभापति खड्काले आफूले गर्ने हरेक काम, आफ्ना प्रतिवद्धता र जनतासमक्ष देखाउने व्यवहारमा नेपाल, नेपाली जनता र मतदाताको हित चिताएर काम गरे कांग्रेसमा सकारात्मक रुपान्तरण हुने बताउनुभयो । उहाँले नेपाली कांग्रेसमा कर्णाली प्रदेश त्यसमा पनि जाजरकोट कांग्रेसको ठूलो योगदान रहेको बताउनुभयो ।

खड्काले तीनवटै तहका निर्वाचित जनप्रतिनिधिलाई परिवारवाद, नातावाद र भ्रष्टाचारबाट टाढा रहेर नेपाल र नेपाली जनताको हित चिताएर मात्र काम गर्न निर्देशन दिनुभयो । सबै तहमा कांग्रेसका उम्मेद्वारलाई जिताउन आम मतदाता र कांग्रेस कार्यकर्ताले ठूलो मेहनत, त्याग र समर्पण गरेको भन्दै मतदाताको चित्त दुख्ने कुनै काम नगर्ने पनि खड्काले आग्रह गर्नुभयो । बदलिँदो युग र प्रविधिको बिकासले सबैका गतिविधि जनताले नजिकबाट नियालिरहेको भन्दै उपसभापति खड्काले इमान्दारिताका साथ काम गरे बिकास, सामाजिक न्याय र सुशासनको चाहने जनताको अपेक्षा पूरा गर्न सकिने उल्लेख गर्नुभयो ।

मुलकमा अहिलेसम्म भएका लोकतान्त्रिक आन्दोलन र अधिकारको लडाइँ कांग्रेसकै नेतृत्वमा भएको भन्दै उपसभापति खड्काले परिवर्तनको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसकै भएको बताउनुभयो । नेपाली कांग्रेसले अबलम्बन गरेको राजनीति सिद्धान्तप्रति कसैको गुनासो नभएको पनि नेताहरुको कार्यशैली र व्यवहारप्रति गुनासो रहेको भन्दै खड्काले जनतलाई मन नपरेको जीवनशैली बदल्नुपर्नेमा जोड दिनुभयो । केही कुरामा नेपाली जनताको गुनासो नेपाली कांग्रेससँग भएपनि जनताको भरोसा पनि काँग्रेससंगै भएको खड्काको भनाइ थियो ।


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?