Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस् : राष्ट्रपति पौडेल


२६ ,असोज ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनःस्थापनमा मात्र नभइ मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रँदा पेसागत मूल्यमान्यताअनुरुप देश र जनतालाई सूसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा पत्रकारसँगको भेटघाटमा उहाँले पत्रकारिता जगत लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले भने, “सत्य अन्वेषण र सत्य सम्प्रेषण गर्नु सञ्चारमाध्यमको मुख्य चुनौती हो । अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पुर्याउन सक्नेतर्फ सचेत हुन आग्रह गर्दछु ।”

उनले पत्रकारिता जगतले यस्तो अवस्थामा सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गरी लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: २६ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?