Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

एमाले मधेश प्रदेश अधिवेशन : सहमतिको प्रयास जारी


२७ ,असोज ,जनकपुरधाम । नेकपा (एमाले) मधेश प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टिकाध्वज खड्काका अनुसार पार्टीको पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सहसचिव (महिला) मा आरती भण्डारी (रौतहट) र सहसचिव पुरुषतर्फ मोहम्मद कैस (धनुषा) को एकल उम्मेदवारी परेको छ ।

त्यसैगरी लेखा आयोगको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । जीतेन्द्र पासवान (महोत्तरी), लक्ष्मीनारायण यादव (धनुषा) र परमेश्वर रजक (महोत्तरी) को उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत खड्काले बताउनुभयो । लेखा समिति सचिवमा भने सिरहाका दीपेन्द्र महतोको एकल उम्मेदवारी परेको छ ।

दुई सय ४२ सदस्यीय प्रदेश समितिका लागि आठ जिल्लाबाट तीन सय ९८ जनाको उम्मेदवारी परेको छ । “अहिले पाँच सदस्यीय पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । सदस्यमा धेरै जनाको उम्मेदवारी परेको छ । “सहमति नभए निर्वाचन समितिले आवश्यक प्रक्रिया अवलम्बन गर्छ”, प्रमुख निर्वाचन अधिकृत खड्काले भने ।

एमाले केन्द्रीय सचिव रघुवीर महासेठले पनि धेरै उम्मेदवारी परेका जिल्ला र पदका विषयमा सम्बन्धित पक्ष एवं जिल्लागत रुपमा छलफल गरी सहमतिको प्रयास जारी रहेको जानकारी दिए ।


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?