Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का


सुर्खेत। नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतकाे वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको नेपाल राष्ट्रिय मगर संघको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए ।

‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोशिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ,’ उनले भने, ‘संविधानलाई भड्काउने कोशिस भएको संकेत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ ।’

काङ्ग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री खड्काले पद प्राप्त पछिको घमण्ड र अहंकारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको बताए । त्यसैले प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक उनको भनाइ थियाे ।’हरेक दिन हाम्रा गतिविधि आम जनताको मोबाइलमा कैद भएका छन् । मतदाताले हरेक पल परीक्षा लिइरहेका छन्,’ उनले भने, ‘पार्टी र भातृ संस्था सुधार गर्न आवश्यक छ । हामी सच्चिन आवश्यक छ ।’

त्यस्तै, उपप्रधानमन्त्री खड्काले राष्ट्रिय मगर संघको दाेस्राे कर्णाली अधिवेशनले आम जनमानसमा एकताको सन्देश दिने विश्वास व्यक्त गरेका थिए । कांग्रेसको आगामी महासमिति बैठकका लागि समेत मगर संघको अधिवेशनबाट महत्वपूर्ण सुझाव आउने उपप्रधानमन्त्री खड्काले विश्वास व्ययक्त गरे ।


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?