काठमाडौं । देशभर चर्किएको जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको तत्काल राजीनामा माग गरेको छ । सोमबार पार्टीले जारी गरेको विज्ञप्तिमा सरकारले निर्दोष विद्यार्थीमाथि गोली प्रहार गरी हत्या गरेको भन्दै घोर आपत्ति प्रकट गरिएको छ । रास्वपाले घटनाबारे सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिएका छन्। सोमबारको जेनजी प्रदर्शन हिंसात्मक बनेर १९ जनाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।
काठमाडौँ। जेनजी आन्दोलन तीव्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। स्थिति चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध माइतिघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन चर्किँदा प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र रबरको गोली
काठमाडौँ। आचारसंहिता बनाएर सदाचार नीतिलाई कार्यन्वयन गर्न सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको सोमवार बसेको बैठमा भएको राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथिको छलफलमा उनीहरुले आचारसंहिता बनाउनुपर्नेमा जोड दिएका छन् । सांसद वामदेव गौतमले सदाचार निति अवलम्बन गरेको/नगरेको निगरानी गर्ने पक्ष
काठमाडौँ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेन–जी पुस्ताको प्रदर्शनका कारण स्थगित भएको छ । नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफलका लागि बोलाइएको बैठक जेन–जी प्रर्दशनपछि विकसित घटनाक्रमका कारण स्थगित भएको हो । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव
काठमाडौँ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदालाई सुझावसहित पारित गरेको छ । सोमवार बसेको समितिको बैठकले प्रतिवेदनलाई पारित गरेको हो । बैठकमा समित सभापति कमलादेवी पन्तले प्रतिवेदनलाई सुझावसहित पारित गरेको घोषणा गरेकी छिन् । सभापति पन्तले प्रतिवेदनलाई कार्यन्वयन गर्नको लागि
काठमाडौँ। संसदीय सुनुवाई समिति सभापति रामहरि खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमवार बिहान सभापति खतिवडाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिमा निजामति सेवा विधेयकमा छेडखानी गरेको आरोपमा संसदीय छानविन समितिले जिजम्मेवार ठहराएसँगै समिति सभापतिबाट राजीनामा दिनुभएका खतिवडा संसदीय सुनुवाई
काठमाडौँ। नेकपा (एमाले)का नेताहरुले पार्टीको विधानमा नै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने स्पष्ट व्यवस्था गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन । ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा अन्तिम दिन आईतवार समूहगत छलफलको निष्कर्ष सुनाउँदै उनीहरुले सो कुरामा जोड दिएका हुन् । वागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डललगायतका
काठमाडौँ। सत्तारुरुढ दल नेपाली काँग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने भएको छ । आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी पार्टी सहमहामन्त्री डिना उपाध्यायकाअनुसार
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामति कर्मचारीलाई सुशासनमुखी, इमानदार र पारदर्र्शी भएर कार्यसम्पादन गर्न आग्रह गरेकी छिन् । निजामति कर्मचारी दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यापानेले यस्तो बताएकी हुन्। देशको नीति, कार्यक्रम र कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी निजामति कर्मचारीकै भएको उल्लेख गर्दै