Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

गगनको राजीनामाबारे नेता केसी – पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान मिल्दैन


नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताउनुभएको बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको बताउनु भयो । पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने टिप्पणी पनि गर्नुभयो । उहाँले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थिरता, समृद्धि र विकास दिन आग्रह गर्दै लोकतन्त्रलाई संरक्षण गर्ने काममा काँग्रेसले सहयोग गर्ने समेत बताउनु भयो । उहाँले पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै केसीले ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने भन्दै पार्टीलाई थापाको आवश्यकता रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुनैपनि नेपाली काँग्रेसका साथीले हारबाट आत्तिनुपर्ने कुरा छैन । यत्रो ठूलो जनमत प्राप्त गरेर आउनुभएका साथिहरु छन् । उहाँहरुलाई हाम्रो सम्पूर्ण रुपबाट शुभेच्छा छ । स्थिरता दिनुस्, समृद्धि र विकास दिनुस् । र लोकतन्त्रलाई संरक्षण गर्ने काममा उहाँहरु जहाँ जहाँ अगाडि बढ्नुहुन्छ त्यो साथमा हामी पनि छौँ । सभापतिको राजीनामाबारे सार्वजनिक रुपमा मेले पहिले नै भनेको छु । एक चुनावको जीत र हारबाट नेतृत्वको परीक्षण हुनु गलत हुन्छ । ५० दिनको अवधीमा विगत वर्षौँदेखि थुप्रिएका विकृति र विसंगती तथा हाम्रै कामबाट समेत जनता असन्तुष्ट रहेको अवस्थामा ५० दिनमा के गर्न सकिन्छ ? म त गगनजीले राजीनामा गर्नु नै बेठिक भन्ने मान्छे हो । अहिले केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे छलफल हुने भएकोले यसमा व्यक्तिगत टिप्पणी नगरौँ । एउटा ठुलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बिचमा छोडेर जान मिल्देन ।’ पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा सभापति थापाको राजीनामा र प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामबारे छलफल भइरहेको छ ।

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको बताएका छन् । पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने टिप्पणी गर्दै उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थिरता, समृद्धि र विकास दिन आग्रह गर्दै लोकतन्त्रलाई संरक्षण गर्ने काममा काँग्रेसले सहयोग गर्ने समेत बताए । उनले पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै केसीले ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने भन्दै पार्टीलाई थापाको आवश्यकता रहेको बताएका छन् ।

उनले भने, ‘कुनैपनि नेपाली काँग्रेसका साथीले हारबाट आत्तिनुपर्ने कुरा छैन । यत्रो ठूलो जनमत प्राप्त गरेर आउनुभएका साथिहरु छन् । उहाँहरुलाई हाम्रो सम्पूर्ण रुपबाट शुभेच्छा छ । स्थिरता दिनुस्, समृद्धि र विकास दिनुस् । र लोकतन्त्रलाई संरक्षण गर्ने काममा उहाँहरु जहाँ जहाँ अगाडि बढ्नुहुन्छ त्यो साथमा हामी पनि छौँ । सभापतिको राजीनामाबारे सार्वजनिक रुपमा मेले पहिले नै भनेको छु । एक चुनावको जीत र हारबाट नेतृत्वको परीक्षण हुनु गलत हुन्छ । ५० दिनको अवधीमा विगत वर्षौँदेखि थुप्रिएका विकृति र विसंगती तथा हाम्रै कामबाट समेत जनता असन्तुष्ट रहेको अवस्थामा ५० दिनमा के गर्न सकिन्छ ? म त गगनजीले राजीनामा गर्नु नै बेठिक भन्ने मान्छे हो । अहिले केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे छलफल हुने भएकोले यसमा व्यक्तिगत टिप्पणी नगरौँ । एउटा ठुलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बिचमा छोडेर जान मिल्देन ।’

पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा सभापति थापाको राजीनामा र प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामबारे छलफल भइरहेको छ ।


प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?