Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी


बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी

काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरुलाई संसदीय दलको कार्यलय उपलब्ध गराएको छ ।

सचिवालयले बिहीवारदेखि राजनितिक दलहरुलाई कार्यालय उपलब्ध गराएको प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । संसदीय दलका कार्यालय व्यवस्थापन चुनौतीपूर्ण देखिएपनि उपलब्ध स्रोतसाधनभित्रै रहेर कार्यालय व्यवस्थापन गरिएको उहाँले बताउनु भयो । उहाँले दलका प्रतिनिधिहरुलाई कार्यलयको प्रत्यक्ष अवलोकन गराइएको जानकारी दिनुभयो । उहाकाअनुसार ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पहिला नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको कार्यालय उपलब्ध गराइएको छ । यस्तै अन्य दललाई संख्याअनुसार स्थान बाँडफाँट गरिएको सचिवालयले जनाएको छ । सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण चैत १२ गते दिउँसो २ बजे गर्नेगर तयारी पनि गरेको छ । सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार सांसदहरुको शपथग्रहण अगाडी ज्येष्ठ सदस्यको पहिचान गरी राष्ट्रपतिसमक्ष सपथ गराइनेछ । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ गराउने उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगले निर्वाचन परिणाम सचिवालयमा पठाउने बित्तिकै ज्येष्ठ सदस्यको पहिचान गर्ने उहाँले बताउनु भयो । ज्येष्ठ सदस्य पहिचान गरेर शपथग्रहणको लागि ३ जनाको नाम राष्ट्रपति कार्यलय पठाइने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार राष्ट्रपतिले सबैभन्दा ज्येष्ठ एक सदस्यलाई शपथग्रहण गराउनुहुनेछ ।

उहाँले भन्नुभयो, ‘खासगरि आज सचिवालयले ६ वटा दलका प्रतिनिधिहरुसँग छलफल ग¥यो । मुलभुत रुपमा ३ वटा विषमा छलफल भए । पहिलो सपथग्रहण, दोस्रो अभिमुखिकरण कार्यक्रमसम्बन्धी र अर्को संसदीय दलको कार्यलय व्यवस्थापनसम्बन्धी विषयमा छलफल भयो । शपथग्रहण यही चैत १२ गते दिउँसो २ बजे गर्नेगरी तयारी गरेका छौँ । सांसदहरुको शपथग्रहण अगाडी ज्येष्ठ सदस्य पहिचान गर्नुपर्ने हुन्छ, ज्येष्ठ सदस्यलाई सम्माननीय राष्ट्रपतिज्यसँग शपथग्रहण गर्नुपर्ने हुन्छ । र उहाँले सभाका सदस्यहरुलाई शपथ गराउनुहुन्छ । त्यो विषयमा हामीले गरेका गृहकार्यका बारेमा उहाँहरुलाई जानकारी गराएका छौँ, उहाँहरुको धारणा पनि हामीले सुन्यौँ । निर्वाचन आयोगले आज मतपरिणाम गरेको अवस्थमा शपथ १२ गते गर्ने भन्ने टुंगो लागेको छ । अर्को विषय अभिमुखिकरण तालिम कार्यक्रम हो । यसमा कस्ता विषहरु समावेश गर्ने भन्ने छलफल भयो । उहाँहरुको सल्लाह सुझाव बमोजिम सचिवालयले अभिमुखिकरण कार्यक्रम आयोजना गर्छ । सैद्धान्तिक पक्षभन्दा पनि व्यवहारिक पक्षलाई केन्द्रित गरेर अभिमुखीकरण तालिममा जान जरुरी छ भन्ने उहाँहरको कुरा छ । अर्को संसदीय दलको कार्यलय व्यवस्थापन गर्न अहिले अलि चुनौतिपूर्ण देखिएको छ । यसमा सचिवालयले जे जस्तो उपलब्धता छ, त्यसैभित्र रहेर संसदीय दलको कार्यालय व्यवस्थापन गरेको छ । संसदीय दलको व्यवस्थापनमा खटिने साथीहरुलाई उक्त बैठकमा नै बोलाएर उहाँहरुलाई संम्बन्धित संसदीय दलको कार्यलय देखाउने र केही सुधारहरु गर्नुपर्ने भएमा सुधार गर्नेगरी अगाडी बढाईएको छ । उहाँरुलाई आजबाट संघीय संसद सचिवालयले संसदीय दलको कार्यलय उपलब्ध गराएको छ । संख्या अनुसार संसदीय दलको कार्यलय व्यवस्थापन गरेका छौँ । ठूलो दलको लागी अहिले पहिलाको नेकपाको दलको कार्यलयमा व्यवस्थापन गरिएको छ । संसदमा उहाँहरुको प्रतिनिधित्वको आधारमा कार्यालय व्यवस्थापन गरिएको हो ।’

सचिवालयले बिहीवार संसदमा प्रतिनिधित्व गर्ने ६ वटा राजनितिक दलहरुसंग शपथग्रहण, कार्यलय व्यवस्थापन तथा अभिमुखीकरण कार्यक्रमका बारेमा छलफल गरेको थियो । छलफलमा सांसदहरुको अभिमुखीकरण कार्यक्रमबारमा पनि दलहरूसँग सुझाव लिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार सैद्धान्तिकभन्दा व्यवहारिक पक्षमा केन्द्रित तालिम आवश्यक रहेको दलहरुले सुझाव दिएका छन् । सचिवालयले ती सुझावका आधारमा कार्यक्रमको स्वरूप तय गर्ने उहाँले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ५ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?