Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी


नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी

काठमाडौँ । सङ्घीय संसद सचिवालयले नयाँ निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण आगामी १२ गते गर्नेगरी तयारी अगाडि बढाएको छ ।

बिहीवार संसद सचिवालयका महासचिवले राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधिहरूसँग गर्नुभएको छलफलमा शपथ ग्रहण र संसदीय दलका कार्यालय व्यवस्थापनबारे चर्चा गरिएकोहो । छलफलमा मुख्यतया शपथ ग्रहणको मिति र दलका कार्यालयहरूको व्यवस्थापनमा केन्द्रित रहेर कुराकानी भएको सहभागी सांसदहरुले बताए । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले १२ गते सांसदहरुको शपथ गर्नेगरी तयारी अघि बढाइएको बताउनु भयो । निर्वाचन आयोगले सूचि पठाइसकेपछि र राष्ट्रपति कार्यालयबाट समय सुनिश्चित भएपछि समय टुंगो लाग्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मुख्यतः १२ गते शपथ ग्रहण गर्ने गरी तयारी भएको छ । निर्वाचन आयोगले सूची पठाएपछि र राष्ट्रपति कार्यालयबाट समय सुनिश्चित भएपछि समय टुङ्गिनेछ । संसदीय दलका कार्यालयहरूको व्यवस्थापन र सेवा सुविधाका विषयमा पनि छलफल भएको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आफूहरु प्रतिपक्षको भुमिकामा बस्ने स्पष्ट पार्नुभयो । बैठकमा सांसदहरूको डकुमेन्टेसन, फोटो, फारम भर्ने र नयाँ भवनको व्यवस्थापनका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी प्रतिपक्षको भूमिका निर्वाह गर्छौं । बैठकमा सांसदहरूको डकुमेन्टेसन, फोटो, फारम भर्ने र नयाँ भवनको व्यवस्थापनका विषयमा छलफल भएको छ । १२ गते शपथको तयारी छ, बाँकी सरकारले के गर्छ हेरौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले दलको आकारअनुसार कार्यालयको व्यवस्थापन गर्ने तयारी भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दलको आकार अनुसार कार्यालयहरूको व्यवस्थापन गर्ने तयारी भइरहेको छ । संसदीय दलका कार्यालयहरू कहाँ रहने भन्ने विषयमा छलफल भयो । केही हेरफेरहरू हुन सक्छन्, हामीलाई व्यवस्थापन देखाउने काम भइरहेको छ ।’

संसद सचिवालयकाअनुसार निर्वाचन आयोगले सांसदहरूको अन्तिम नामावली राष्ट्रपति कार्यालय पठाउने प्रक्रिया अघि बढाएकाले शपथको समय केही दिनमै औपचारिक रूपमा सार्वजनिक गरिनेछ । सचिवालयले नयाँ कार्यकालका लागि आवश्यक प्रशासनिक र भौतिक पूर्वाधारको व्यवस्थापनलाई समेत तिब्रता दिएको छ ।


प्रकाशित मिति: ५ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?