Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी


महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरु उच्च पदमा पुग्दा महिलाहरुबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गर्नुभएको छ । शुक्रवार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । भण्डारीले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गर्दै सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । महान्यायाधिवक्ता भण्डारीले कानून व्यवसायी महिलाहरु केवल पेशागत भुमिकामा मात्र सिमित नभई समाज परिवर्तनका वास्तविक संवाहक भएको बताउनु भयो । महिला, बालबालिका, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकार संरक्षणमा महिला कानून व्यवसायीको भुमिका निर्णायक हुने उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘जब म महान्यायाधिवक्ताको पदमा मेरो मनोनयन भयो त्यही बेला मलाई केही पत्रकार मित्रहरुले मलाई प्रश्न गर्नुभयो । होइन, तपाईंको विरोध गर्ने त किन महिलाहरुले बढी देखिए ? मैले भनें सायद हामीले हाम्रा वकालत गर्नै जानेनौँ । हामी महिला त भयौं तर महिलाको वकालत गर्न हामीले जानेनौँ । सायद त्यसले गर्दाखेरि पनि ती प्रश्नहरु हामीप्रति बारम्बार आइराखे। त्यसैले म यहाँहरु समक्ष एउटा अनुरोध पनि गर्न चाहन्छु आगामी दिनमा न्यायपालिकामा पनि हामीले एउटा महिला नेतृत्व पाउने आश गरेका छौँ । हाम्रा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनुहुन्छ भन्ने विश्वस्त पनि छौँ । तर यसरी माथिल्लो पदमा कुनै महिला पुग्दाखेरि हामीले उहाँहरुका वकालत गर्ने हामीले बानी बसाल्नुपर्छ । हामी महिला भएर महिलाको विरोध गर्न त जानेनौँ तर वकालत गर्न जानेनौँ । त्यसैले म यस सम्मेलनलाई एउटा अनुरोध पनि गर्छु कि वास्तवमा हामी महिला त भयौँ तर महिलाको वकालत गर्न सकेका छैनौँ। त्यो परिपाटी हामीले शुरुवात गरौँ ।’ समानता केवल संविधानमा लेखिएको शब्द मात्र नभई व्यवहार र न्यायमा देखिनुपर्नेमा उहाँको जोड छ ।

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरु उच्च पदमा पुग्दा महिलाहरुबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गरेकी छिन् ।

शुक्रवार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी छिन् । भण्डारीले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गर्दै सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनेमा आफू विश्वस्त रहेको बताइन् । महान्यायाधिवक्ता भण्डारीले कानून व्यवसायी महिलाहरु केवल पेशागत भुमिकामा मात्र सिमित नभई समाज परिवर्तनका वास्तविक संवाहक भएको बताइन् । महिला, बालबालिका, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकार संरक्षणमा महिला कानून व्यवसायीको भुमिका निर्णायक हुने उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘जब म महान्यायाधिवक्ताको पदमा मेरो मनोनयन भयो त्यही बेला मलाई केही पत्रकार मित्रहरुले मलाई प्रश्न गर्नुभयो । होइन, तपाईंको विरोध गर्ने त किन महिलाहरुले बढी देखिए ? मैले भनें सायद हामीले हाम्रा वकालत गर्नै जानेनौँ । हामी महिला त भयौं तर महिलाको वकालत गर्न हामीले जानेनौँ । सायद त्यसले गर्दाखेरि पनि ती प्रश्नहरु हामीप्रति बारम्बार आइराखे। त्यसैले म यहाँहरु समक्ष एउटा अनुरोध पनि गर्न चाहन्छु आगामी दिनमा न्यायपालिकामा पनि हामीले एउटा महिला नेतृत्व पाउने आश गरेका छौँ । हाम्रा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनुहुन्छ भन्ने विश्वस्त पनि छौँ । तर यसरी माथिल्लो पदमा कुनै महिला पुग्दाखेरि हामीले उहाँहरुका वकालत गर्ने हामीले बानी बसाल्नुपर्छ । हामी महिला भएर महिलाको विरोध गर्न त जानेनौँ तर वकालत गर्न जानेनौँ । त्यसैले म यस सम्मेलनलाई एउटा अनुरोध पनि गर्छु कि वास्तवमा हामी महिला त भयौँ तर महिलाको वकालत गर्न सकेका छैनौँ। त्यो परिपाटी हामीले शुरुवात गरौँ ।’

समानता केवल संविधानमा लेखिएको शब्द मात्र नभई व्यवहार र न्यायमा देखिनुपर्नेमा उनको जोड छ ।


प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?