काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । सोमवार मन्त्रालयमा पदभार सम्हाल्दै उद्योगसँगै कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहनुभएका उनले यस्तो बताएका हुन् । जेन—जी आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाईते भएकाहरुको परिवारलाई
काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले मल अभावको समस्या हटाउने प्रयास गर्ने बताएका छन् । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मलबिना कृषिको उत्पादन बढाउन नसकिने उनको भनाई छ । मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने बताए
काठमाडौँ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरुको सल्लाह सुझावअनुसार काम गर्ने बताएका छन् । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले विज्ञहरुले दिएको राम्रा सुझावलाई सकेसम्म छिटो छरितो कार्यन्वयन गर्ने जानकारी दिएका छन् । विज्ञान, प्रविधि, नवप्रर्वद्धन, व्यवहारिक अनुसन्धान नै आफ्नो
काठमाडौँ। नवनियुक्त चार मन्त्रीेले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमवार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त कानून न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पाँच मन्त्रीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छन्। राष्ट्रपतिको कार्यालयले उनीहरूलाई भोलि मात्रै नियुक्ति र शपथ हुने जनाएको छ। सिफारिस सूचीमा तीन मन्त्रालयको जिम्मेवारीसहित सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल कुमार सिन्हा छन्। उनी भूमि व्यवस्था, उद्योग–वाणिज्य तथा आपूर्ति, र कानुन मन्त्रालय सम्हाल्नेछन्। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवबाट
काठमाडौँ। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आईतवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि मन्त्रीपरिषद्का निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको सदस्यमा नेपाल प्रहरुीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेको
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले वर्तमान केन्द्रिय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रश्ताव केन्द्रिय समितिमा लैजाने भएको छ । आईतवार पार्टी केन्द्रिय कार्याmयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । अध्यक्ष पुष्पकमल दाहालकै संयोजकत्वमा आयोजक समिति बनाउने प्रश्ताव पदाधिकारी बैठले गरेको उनले जानकारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा फेरबदल भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई स्थानान्तरण गर्दै उनका स्थानमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ । सरकारको यो कदमसँगै विद्युत् प्राधिकरणमा नयाँ नेतृत्वले कामको गति र प्राथमिकतामा कस्तो परिवर्तन ल्याउँछ भन्नेबारे चासो बढेको छ।
काठमाडौँ। नेकपा (माले) का महासचिव सिपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलले आँट गरेर मात्रै संविधान जोगिएको बताएका छन् । पश्चिमा र अन्य शक्तिहरुले नचाहँदा नचाहँदै आफूमा अन्तर्निहित अधिकारको प्रयोग गरेर संविधान जोगाउने आँट गरेको भन्दै उनले राष्ट्रपति पौडेलको प्रशंशा समेत गरेका छन् । प्रगतिशील लेखक संघ, नेपालले आईतवार काठमाडौंमा आयोजना गरेको
काठमाडौँ। महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेन—जी आन्दोलनले देशमा परिवर्तन ल्याएको बताएकी छिन् । आईतवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जेन—जीहरुले बलिदानीका कारण परिवर्तन आएको बताएकी छिन् । भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रेका युवाहरुले गोली खानुपरेको उनको भनाई छ । जेन—जी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने