Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

विज्ञताको आधारमा समितिको कामलाई प्रभावकारी ढंगले अघि बढाइनेछः शिक्षा समिति सभापति शेरचन


नवनिर्वाचित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा. ओजश्वी शेरचनले विज्ञताको आधारमा आफूले समितिको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा समितिको सभापतिमा निर्वाचित भएगलत्तै उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । सत्तापक्ष र प्रतिपक्ष भन्दा पनि शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका विज्ञहरुले दिएका सुझावको आधारमा समितिको कामलाई प्रभावकारी ढंगले अघि बढाउने उहाँको योजना थियो । सभापति शेरचनले समितिको कामलाई प्रभावकारी बनाउनका लागि विषयविज्ञहरुसहितको उपसमिति तत्काल बनाउने समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी डिफरेन्स सेक्टरमा मान्छेहरु, डिफरेन्ट विज्ञता भएका मानिसहरु सँगै जोडेका छौ । अहिले हामी पक्ष र विपक्ष भन्दा पनि टिम नेपाल भनेर अगाडि जान्छौँ भनेर म त्यस्तै किसिमले अघि बढ्न चाहन्छु । हामी स्वास्थ्यकर्मी छौँ धेरै जना । डक्टर्स, नर्सहरु छौँ । हेल्थ पोलिसी मेकरहरु पनि हुनुहुन्छ । एजुकेशन सेक्टर कन्ट्रिब्युट गरेका मान्छेहरु हुनुहुन्छ । त्यस्तै गरेर सूचनामा पनि आईटी सेक्टरमा भन्ने सूचनाबाट नै आएका व्यक्तित्वहरु पनि हुुनुहुन्छ । उहाँहरुलाई ल्याएर सव कमिटीको आधारमा, विज्ञताको आधारमा डिभाईड गरेर इफेक्टिभली हामी अगाडि बढ्छौँ ।’ सभापति शेरचनले समितिलाई पक्ष र विपक्षमा भन्दा पनि नेपालको पक्षमा काम गराउने आफूले चाहेको पनि स्पष्ट पार्नुभयो ।

काठमाडौँ । नवनिर्वाचित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा. ओजश्वी शेरचनले विज्ञताको आधारमा आफूले समितिको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

शुक्रवार सिंहदरबारमा समितिको सभापतिमा निर्वाचित भएगलत्तै उनले सञ्चारकर्मीमाझ सो कुरा बताएकी हुन् । सत्तापक्ष र प्रतिपक्ष भन्दा पनि शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका विज्ञहरुले दिएका सुझावको आधारमा समितिको कामलाई प्रभावकारी ढंगले अघि बढाउने उनको योजना थियो । सभापति शेरचनले समितिको कामलाई प्रभावकारी बनाउनका लागि विषयविज्ञहरुसहितको उपसमिति तत्काल बनाउने समेत बताइन्।

उनले भनिन्, ‘हामी डिफरेन्स सेक्टरमा मान्छेहरु, डिफरेन्ट विज्ञता भएका मानिसहरु सँगै जोडेका छौ । अहिले हामी पक्ष र विपक्ष भन्दा पनि टिम नेपाल भनेर अगाडि जान्छौँ भनेर म त्यस्तै किसिमले अघि बढ्न चाहन्छु । हामी स्वास्थ्यकर्मी छौँ धेरै जना । डक्टर्स, नर्सहरु छौँ । हेल्थ पोलिसी मेकरहरु पनि हुनुहुन्छ । एजुकेशन सेक्टर कन्ट्रिब्युट गरेका मान्छेहरु हुनुहुन्छ । त्यस्तै गरेर सूचनामा पनि आईटी सेक्टरमा भन्ने सूचनाबाट नै आएका व्यक्तित्वहरु पनि हुुनुहुन्छ । उहाँहरुलाई ल्याएर सव कमिटीको आधारमा, विज्ञताको आधारमा डिभाईड गरेर इफेक्टिभली हामी अगाडि बढ्छौँ ।’

सभापति शेरचनले समितिलाई पक्ष र विपक्षमा भन्दा पनि नेपालको पक्षमा काम गराउने आफूले चाहेको पनि स्पष्ट पारेकी छिन् ।


प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?