काठमाडौँ । संघीय संसदअन्तर्गतको संयुक्त समिति र प्रतिनिधि सभाको विषयगत समितिमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारी दिएका छन् ।
बिहीवार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा उनीहरुले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एमालेबाट गुरु बरालले मनोनयन दर्ता गराएका छन् । उहनको प्रश्तावकमा नेपाली काँग्रेसकी सांसद सीता थपलिया (उर्मिला) रहेकी छिन् ।
संघीय संसदको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारी दर्ता गराएको छ । बिहीवार सिंहदरबारमा समितिको सभापतिका लागि नेकपाबाट मदनकुमारी साहले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रश्तावक र समर्थकमा जनकराज जोशी र पुष्पराज कँडेल रहेका छन् ।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहीबार