Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सेवा प्रवाह र आर्थिक सुधार सरकारको मुख्य प्राथमिकताः अर्थमन्त्री


काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकार सेवा प्रवाह सुधार र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन् ।

बिहीवार अर्थ मन्त्रालयमा आयोजित अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले सरकार नागरिकलाई सहज सेवा दिन डिजिटल माध्यमलाई प्राथमिकता दिँदै अघि बढिरहेको बताएका छन् । उनकाअनुसार सरकार सेवा प्रवाहमा केन्द्रित छ । उक्त सेवा प्रवाह डिजिटल माध्यम र कतिपय अवस्थामा राज्य संयन्त्रलाई नै चलायमान बनाएर गरिने बताएका छन् ।

अर्थमन्त्री वाग्लेले सेवामुखी भावनाका साथ शासन प्रणाली (गभर्नेन्स) सुधारतर्फ काम भइरहेको बताएका छन् । उनकाअनुसार म्याक्रो तहका नीतिगत सुधार र माइक्रो तहमा सेवा प्रवाह सुधार दुवैलाई समान रूपमा अघि बढाइएको छ ।

उनले सरकारको अर्को प्रमुख प्राथमिकता आर्थिक सुधार (इकोनोमी रिफर्म) भएको उल्लेख गर्दै सबै क्षेत्रमा सुधार र रूपान्तरणको अभियान सञ्चालन भइरहेको जानकारी दिएका छन् । उनकाअनुसार हरेक क्षेत्रमा पछाडि हट्ने होइन, कसरी अघि बढ्ने, कसरी सुधार गर्ने, बिग्रिएको छ भने कसरी बनाउने र आवश्यक परे छलाङ नै मार्ने भन्ने दिशामा सरकार सोचिरहेको छ ।

पर्यटन, निर्माण, कृषि, सिंचाई, ऊर्जा लगायतका सबै क्षेत्रमा समग्र सुधार र विकासका लागि योजनाबद्ध रूपमा काम भइरहेको उनले बताए । अर्थमन्त्रीकाअनुसार आफूले पदभार सम्हालेपछि पहिलो दिनमै राजस्व अनुसन्धान विभाग खारेज गरिएको भए पनि त्यसका मुख्य कामहरू भने अन्य निकायमार्फत निरन्तर अघि बढाइएको छ ।

उनले कानूनी सुधारतर्फ पनि सरकार सक्रिय रहेको जनाउँदै पुराना ऐनहरू खारेज गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

अर्थमन्त्री वाग्लेले भने,‘सरकार सेवा प्रवाहमा फोकस छ । सरकारले सेवा प्रवाहलाई डिजिटल माध्यमबाट अघि बढाइरहेको छ । कतिपय बेला सरकार संयन्त्रलाई नै चलायमान गराए घरदौलामा सेवा पु¥याउन खोजिरहेका छौँ । सेवामुखी भावनाका साथ हामी अघि बढीरहेका छौं  । गभर्मेन्समा ठूला म्याक्रो चिजहरु र माइक्रो डेलिभरीका कुराहरु सुधारमा अघि बढेका छाँै । अर्को सरकारको प्राथमिकता इकोनोमी रिफर्म र हरेक क्षेत्र रिफर्म गर्ने हो । हरेक क्षेत्रमा पछाडी हट्ने होइन अघि कसरी बढ्ने, कसरी सुधार्ने, सपार्ने, भत्केको छ भने कसरी बनाउने र छलांग नै मार्नु छ भने कसरी मार्ने कसरी जाने हो त्यतातर्फ सरकारले सोचिरहेको छ । पर्यटन, निर्माण, कृषि सिचाइ, उर्जासहित सबै क्षेत्रमा कसरी अघि बढ्ने हो, त्यसमा हामीले सोचिरहेका छौँ । म अर्थ मन्त्रालयमा अएदेखि पहिलो दिनमै राजस्व अनुसन्धान विभागलाई खारेज गरेर त्यसका कोर फङसनलाई हटाइएको छैन् । अरु निकायमा गाम्भे गरी अघि बढाएका छौँ । धेरै पुराना ऐन २०१८ सालको बिस्फोटक ऐनसहित २०१३, २०१७ साल २०२१ सालका ऐनसहित १५ वटा ऐनहरु खारेजको प्रक्रियामा गइसकेका छन् । अन्य दर्जनौँ ऐनहरु बजेटमार्फत संशोधन वा खारेज गछौँ । इकोनोमी रिफर्मका लागि कि अध्यादेशमार्फत की त बजेटमार्फत नै ठूलो चेनफेन ल्याउन खोजिरहेका छौँ ।’

उनकाअनुसार अन्य दर्जनौँ ऐनहरूलाई बजेटमार्फत संशोधन वा खारेज गर्ने तयारी भइरहेको छ । आर्थिक सुधारलाई तिब्रता दिन आवश्यक परे अध्यादेश वा बजेटमार्फत ठूला संरचनात्मक परिवर्तन ल्याउने योजना सरकारको रहेको उनले स्पष्ट पारेका छन् । सरकारले सेवा प्रवाहदेखि नीतिगत सुधारसम्म व्यापक परिवर्तनको तयारी गरिरहेको सन्देश दिँदै अर्थमन्त्री वाग्लेले समग्र अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ काम भइरहेको समेत बताएका छन् ।


प्रकाशित मिति: ३ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?