Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

संसदीय समितिको सभापतिमा रास्वपाका सांसदहरुको मनोनयन दर्ता


संसदीय समितिको सभापतिमा रास्वपाका सांसदहरुको मनोनयन दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले प्रतिनिधि सभाका विषयगत समिति र २ वटा संयुक्त समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

बिहीवार संघिय संसद सचिवालयमा उनहरुले उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधि सभाका विषयगत र संयुक्त संसदका २ गरी १२ वटा समितिमध्ये ११ वटा समितिको सभापतिमा रास्वपाले उम्मेद्वारी दिएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिमा सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजश्वी शेरचन, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदासले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै प्रतिनिधि र राष्ट्रियसभा अन्तर्गतको संयुक्त समिति संसदीय सुनुवाई समितिको सभापतिमा वोधनारायण श्रेष्ठले उम्मेद्वारी दिएका छन्। भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा गणेश कार्कीले मनोनयन गरेका छन् । रास्वपाले सार्वजनिक लेखा समिति सभापतिमा भने प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)लाई सहयोग गर्ने निर्णय गरेको छ । रास्वपाको बिहीवार बसेको संसदीय दलको बैठकले समिति सभापतिहरु टंगो लगाएको थियो । समितिमा रहने सदस्यहरू भने यसअघि नै टुंगो लागिसकेको छ ।


प्रकाशित मिति: ३ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?