Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

रहबर अन्सारी उद्योग समिति सभापतिमा निर्वाचित, समस्या समाधानको संयन्त्र बनाउने प्रतिवद्धता


काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारी निर्वाचित भएका छन् ।

शुक्रवार समिति बैठकमा ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले अन्सारीको मात्रै उम्मेदवारी परेकाले निविरोध निर्वाचित भएको घोषणा गरेका छन् । सभापतिमा निर्वाचित भएपछि अन्सारीले संसदीय समिति भित्रको काम कर्तव्य अधिकार भित्र रहेको आफूले जिम्मेवारी निर्वाह गर्ने बताए । उनले संसदीय समितिको कार्यक्षेत्र भित्र रहेर अब जनताको समस्या समाधान तिर लाग्ने बताएका छन् ।

सभापति अन्सारीले भने,‘संसदीय समितिको जुन टीओआर छ, त्यसमा आधारित भएर काम गर्ने हो । अब समितिले जनताको आवाजहरुलाई सुन्नेछ । यो समिति प्रतिवेदनमा सिमित रहने छैन । विधेयक अध्ययन गर्ने र सुझाव दिने मात्रै काम समितिले गर्नेछैन । जनताको जीवनमा परेका समस्याहरु समाधान गर्ने संयन्त्रका रुपमा यो समितिले आफूलाई प्रश्तुत गर्नेछ । हिजोका दिनमा समितिहरु कसरी चले र प्रभावकारीता के रह्यो भन्नेबारे यथावत् र्नै छ, आज हामी आउँदै गर्दा समाधन गर्ने संयन्त्रका रुपमा अघि बढाउनेछौँ ।’

उनले समितिलाई समस्या समाधानको महत्वपूर्ण संयन्त्रका रुपमा विकास गरिने समेत बताएका छन् ।


प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?