Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लेखा समिति सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रुपमा निर्वाचित


लेखा समिति सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रुपमा निर्वाचित, आर्थिक सुशासन र वित्तीय अनुशासन कायम गर्ने प्रतिवद्धता

काठमाडौँ । सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

शुक्रवार भएको समितिको बैठकमा ज्येष्ठ सदस्य सीताराम साहले खड्का बाहेक अरु कसैको उम्मेदवारी नभएको भन्दै सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरेका छन् । ज्येष्ठ सदस्य साहले सभापतिको उम्मेदवारीका लागि एकमात्र प्रश्ताव आएको बताए । खड्कालाई सभापतिका लागि मोहनबहादुर आचार्यले प्रश्ताव गर्नुभएको थियो । खड्काले निर्वाचित गरियोस् भन्ने एक मात्र प्रश्तावको सूचना प्राप्त भएको भन्दै शाहले निर्वाचित भएको घोषणा गरेका छन् ।

निर्वाचित भएपछि समिति सभापति खड्काले लेखा समिति धेरै महत्वपूर्ण समिति भएको र आफूले जवाफदेहीता र जिम्मेवारी प्राप्त गरेको बताए । विगतको अनुभव, योग्यता क्षमतालाई प्रयोग गरेर काम गर्ने बताएका छन् ।

उनले आर्थिक सुशासन र वित्तीय अनुशासनलाई आफ्नो कार्यकालको प्रमुख एजेण्डा बनाउने स्पष्ट पारेका छन् । सभापति खड्काले विगतमा देखिएका केही विसंगतिहरू अब दोहोरिन नदिने प्रतिवद्धता जनाउँदै संघदेखि स्थानीय तहसम्म व्यापक सुधार आवश्यक रहेको औंल्याएका छन् । विभिन्न सरकारी निकायहरूमा पारदर्शिता, जवाफदेहिता र अनुशासन कायम गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि समिति सक्रिय रूपमा लाग्ने बताएका छन् ।

खड्काले भने,‘आर्थिक सुशासन र वित्तिय अनुशासन कायम राख्नेगरी म लेखा समितिलाई अघि बढाउनेछु । विगतका केही विसंगति छन् । अब ती दोहोरिने छैनन् । अहिलेको मुुलुकको माग भनेको आर्थिक अनुशासन, वित्तीय सुशासन हो । यो कायम नगरी मुलुक अघि बढ्दैन र सुशासनको अनुभुति पनि हुँदैन । कुनैपनि मुलुकको विकास त्यो देशमा आर्थिक अनुशासन छ की छैन भन्ने कुराले त्यो देशको आर्थिक विकासलाई निर्धारण गर्छ । त्यसैले अब हामीले अब सुशासनको अनूभुति दिलाउने हो भने पहिलो सुधार संघदेखि लिएर स्थानीय तहसम्म गर्नुपर्छ । विभिन्न निकायहरुमा आर्थिक अनुशासन र वित्तिय सुशासन कायम गर्नुपर्छ । यसको अर्को विकल्प छैन । मैले यो कुरालाई प्रमुख एजेण्डाका रुपमा लिएको छु ।’

उनकाअनुसार आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नुको कुनै विकल्प छैन र यही आधारमा मुलुकको दिगो विकास सम्भव हुने धारणा व्यक्त गरे । साथै, नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभुति गर्ने वातावरण सिर्जना गर्न आफूले प्राथमिकता दिने पनि उनको भनाइ छ ।


प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?