Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

अर्थ/बाणिज्य


बजारमा भएको ग्यास अभावको समस्या समाधान पहिलो प्राथमिकता :नवनियुक्त मन्त्री साह

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पदभार ग्रहण गरेका छन् । बिहीवार शपथ ग्रहणलगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गरेका हुन् प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले साहलाई बिहीवार नै उद्योग मन्त्री नियुक्त गरेका थिए । पदभार ग्रहणलगत्तै मन्त्री साहले निवर्तमानमन्त्री गौरीकुमारी यादवसँग छलफल गरेर थप योजना

सेयर बजारमा गत हप्ताको समीक्षा र अबको निर्णय

काठमाडौँ। गत साता सेयर बजार उतारचढावबीच कारोबार सम्पन्न गरेको छ। साताको सुरुवात २,५५७.३१ अंकबाट गरेको NEPSE सूचकांक अन्तिम कारोबार दिन २,५४२.७७ अंकमा बन्द भयो। अर्थात् समग्रमा सूचकांक १४ अंक अर्थात् ०.५७ प्रतिशतले घट्यो। साताभर बजार न्यूनतम २,५०१.४९ र अधिकतम २,५५६.९६ अंकसम्म पुगेको थियो। यसले बजारमा अझै पनि अस्थिरता र दिशाको

प्रभु महालक्ष्मी लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ। बाढीबाट प्रभावित

रसुवा बाढीको असर सेयर बजारमा, हाइड्रो र बीमा क्षेत्रमा दबाबको सम्भावना

काठमाडौँ। रसुवामा आएको पछिल्लो बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्‍याएसँगै यसको प्रभाव नेपाली सेयर बजारमा समेत देखिएको छ। विशेषगरी जलविद्युत् र निर्जीवन बीमा क्षेत्रमा लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको देखिन्छ। सेयर बजारका जानकार शिव चन्द्र (पुरुषोत्तमराज चिमौरिया) का अनुसार प्रभावित जलविद्युत् आयोजनामा उत्पादन अवरुद्ध हुने, मर्मत तथा पुनर्निर्माण खर्च

विपद् व्यवस्थापनका लागि करिब २५ अर्ब वैदेशिक सहायता सुनिश्चित, स्रोतको अभाव हुन नदिने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइलागेको प्राकृतिक विपद्को सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीवार सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शिर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार, राहत र पुनर्निर्माणका योजनाबारे जानकारी दिएका हुन् । अर्थमन्त्री वाग्लेले बाढी, पहिरो र डुबानमा परी

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एसएमई कर्जा योजना : ५.७५ प्रतिशत ब्याजदरमा ऋण

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहनेछ। ‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ ल्याइएको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको

लाभांश पारित गर्न कामना सेवा विकास बैंकले बोलायो साधारणसभा

काठमाडौं । कामना सेवा विकास बैंकले भदौ ३१ गते २०औँ वार्षिक साधारणसभा बोलाएको छ। सभाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत (करसहित) नगद लाभांश र अग्राधिकार सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले भदौ १७

कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ

काठमाडौँ। आन्तरिक राजश्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन नयाँ कानूनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालकाअनुसार करदाताले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन र राजश्व परिचालनमा हुने सम्भावित चलखेल रोक्न यस्तो कदम चालिएको हो । महानिर्देशक भुसालकाअनुसार अब करदाताले आफूले बुझाएको

सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो

काठमाडौँ। श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएको बताएका

बैंकिङ क्षेत्रका समस्या समाधानका लागि ‘बाफिया’ संशोधन गर्न सांसद अधिकारीको माग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरूलाई सम्बोधन गर्नुपर्ने बताएकी छिन् । सोमवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद अधिकारीले बैंकिङ क्षेत्रमा देखिएका कतिपय व्यावहारिक जटिलताहरूले समग्र क्षेत्रमै नकारात्मक प्रभाव

सम्वन्धित समाचारहरु