Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो


सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला

काठमाडौँ। श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएको बताएका छन् । उनले ३६ देशलाई चिनेको भनि दाबी गर्ने गरिएका अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै देशलाई चिन्न नसकेको आरोप पनि लगाएका छन् । उनले सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी पनि गरेका छन् ।

उनले भने, ‘अर्थमन्त्रीज्युले ३६ देशउलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरुले भन्नुहुन्छ । तर उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन । उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो । किनभने नेपालको इतिहासमा कहिल्यै पनि अर्थतन्त्रमा यतिधेरै समस्या र कमजोरी देखिएको थिएन । बैंकिङ प्रणालीमा यतिधेरै तरलता हुँदा पनि किन कोही लगानी गर्न ऋण लिन चाहिरको छैन ? के व्यवसायीहरुलाई दुई तिहाई बहुमतको सरकारको अर्थनीतिमा अविश्वास भएकै हो त ? अर्को कुरा वर्तमान सरकार गठन भएपछि पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको छ । तर यत्रो समस्या हुँदा पनि अर्थमन्त्रीज्यू चाँही चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ । अर्थतन्त्रको समस्या समाधान नगरि देश विकास हुन्छ र ?’

उनले अर्थमन्त्री वाग्लेले पूँजीबजारमा देखिएको समस्या समाधान गर्नुको सट्टा चिठ्टा खेलाउनमा व्यस्त रहेको आरोप पनि लगाएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?