काठमाडौँ। गत साता सेयर बजार उतारचढावबीच कारोबार सम्पन्न गरेको छ।
साताको सुरुवात २,५५७.३१ अंकबाट गरेको NEPSE सूचकांक अन्तिम कारोबार दिन २,५४२.७७ अंकमा बन्द भयो। अर्थात् समग्रमा सूचकांक १४ अंक अर्थात् ०.५७ प्रतिशतले घट्यो। साताभर बजार न्यूनतम २,५०१.४९ र अधिकतम २,५५६.९६ अंकसम्म पुगेको थियो। यसले बजारमा अझै पनि अस्थिरता र दिशाको खोजी कायम रहेको देखाउँछ।यद्यपि, साताको अन्त्यतिर बजारमा सुधारको संकेत देखिएको छ। बुधबार NEPSE १५.४४ अंकले बढेको थियो भने बिहीबार पनि थप ४.६६ अंकले बढेर २,५४२.७७ अंकमा पुगेको थियो। बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको रु. २.९४ अर्बबाट बढेर रु. ३.४६ अर्ब पुगेको थियो।
गत साता सबै क्षेत्रको प्रदर्शन समान रहेन। म्यानुफ्याक्चरिङ तथा प्रोसेसिङ समूह ०.६४ प्रतिशतले बढेर तुलनात्मक रूपमा राम्रो प्रदर्शन गर्ने समूह बन्यो। बैंकिङ, ट्रेडिङ तथा लगानी समूहमा पनि सुधार देखियो। यसको विपरीत नन–लाइफ इन्स्योरेन्स समूह ४.५५ प्रतिशतले घटेको थियो।
जलविद्युत् क्षेत्रमा भने पछिल्लो बाढीको असरका कारण लगानीकर्ताको मनोविज्ञान अझै संवेदनशील देखिन्छ। यद्यपि साताको पछिल्लो कारोबारमा केही जलविद्युत् कम्पनीमा खरिद चाप फर्किएको देखियो
अबको निर्णय
एक पछि अर्को कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेसँगै तुलनात्मक रुपमा बलिया कम्पनीमा लगानी सिफ्ट गर्ने समय भएको देखिन्छ।अहिलेको बजारमा महत्वपुर्ण पक्ष लाभांश सिजन बनेको छ। विभिन्न कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्न थालेसँगै लगानीकर्ताको ध्यान पनि कम्पनीको मूल्यवृद्धि भन्दा त्यसको वित्तीय क्षमता र प्रतिफलतर्फ केन्द्रित हुन थालेको छ। लाभांश घोषणा र वार्षिक साधारणसभाको प्रक्रिया अघि बढ्दै जाँदा बजारमा कम्पनी छनोटका लागि नयाँ अवसरसमेत सिर्जना भएको देखिन्छ। यस समय लगानिकर्ताले आफ्नो पोर्टफोलियो गोडमेल गरेर बित्तिय रुपमा सबल र उच्च लाभांस क्षमता भएका कम्पनिमा आफ्नो लगानीलाई सिफ्ट गर्ने महत्वपुर्ण अबसरको रुपमा प्रयोग गर्न सकिन्छ।
प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार