Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

रसुवा बाढीको असर सेयर बजारमा, हाइड्रो र बीमा क्षेत्रमा दबाबको सम्भावना


काठमाडौँ। रसुवामा आएको पछिल्लो बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्‍याएसँगै यसको प्रभाव नेपाली सेयर बजारमा समेत देखिएको छ। विशेषगरी जलविद्युत् र निर्जीवन बीमा क्षेत्रमा लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको देखिन्छ।

सेयर बजारका जानकार शिव चन्द्र (पुरुषोत्तमराज चिमौरिया) का अनुसार प्रभावित जलविद्युत् आयोजनामा उत्पादन अवरुद्ध हुने, मर्मत तथा पुनर्निर्माण खर्च बढ्ने र आम्दानीमा असर पर्न सक्ने भएकाले छोटो अवधिमा हाइड्रो क्षेत्रमा बिक्री दबाब रहन सक्छ। यस्तै, ठूलो क्षतिका कारण निर्जीवन बीमा कम्पनीमा दाबी बढ्ने सम्भावनाले बीमा क्षेत्रमा समेत मनोवैज्ञानिक दबाब आउन सक्छ। यद्यपि पुनर्बिमा व्यवस्थाका कारण यसको वास्तविक वित्तीय असर क्षतिको आकार र दाबीपछि मात्र स्पष्ट हुने उनको भनाइ छ।
समग्र NEPSE मा भने रसुवा बाढीको प्रभाव मात्रैका कारण लामो समयसम्म नकारात्मक असर पर्न आवश्यक नरहेको उहाको विश्लेषण छ। प्रभावित क्षेत्रबाट लगानीकर्ताको पूँजी तुलनात्मक रूपमा कम प्रभावित बैंकिङ, उत्पादनमूलक तथा होटललगायतका क्षेत्रमा सर्न सक्ने भएकाले बजारमा Sector Rotation समेत देखिन सक्ने उहाको आँकलन छ।

शिभ चन्द्रका अनुसार अहिलेको मुख्य विषय सबै जलविद्युत् कम्पनीलाई एउटै डालोमा राखेर हेर्नुभन्दा कुन कम्पनीको कुन आयोजना, Powerhouse, Transmission Line र Access Road मा कति क्षति पुगेको छ भन्ने छुट्याएर मूल्याङ्कन गर्नु हो।
अल्पकालीन दबाब रहे पनि प्राकृतिक विपत्तिका कारण मात्रै नेपालको सेयर बजारको दीर्घकालीन सम्भावना कमजोर नहुने उहॅांको निष्कर्ष छ।


प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?