Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

बैंकिङ क्षेत्रका समस्या समाधानका लागि ‘बाफिया’ संशोधन गर्न सांसद अधिकारीको माग


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरूलाई सम्बोधन गर्नुपर्ने बताएकी छिन् । सोमवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद अधिकारीले बैंकिङ क्षेत्रमा देखिएका कतिपय व्यावहारिक जटिलताहरूले समग्र क्षेत्रमै नकारात्मक प्रभाव पारिरहेको भन्दै यसतर्फ ध्यानाकर्षण गराएकी छिन् । उनले सामान्य प्रकृतिका समस्या वा ऋण असुलीका विषयलाई सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को योग्यतासँग जोडेर पदमा बस्न नमिल्ने बनाइनु असान्दर्भिक रहेको उल्लेख गरेकी छिन् । उनले भनिन्, ‘साधारण प्रकृतिका समस्याहरूलाई सञ्चालक समितिसँग जोड्ने र उनीहरूलाई बोर्डमा बस्न वा सीईओ हुन नपाउने व्यवस्था गर्नु न्यायोचित देखिँदैन । यस्ता प्रावधानले बैंकिङ क्षेत्रमा नेतृत्वको रिक्तता (भ्याकुम) सृजना गर्ने र कार्यरत जनशक्तिमा मानसिक तनाव बढाउने जोखिम रहन्छ ।’ उनले बैंकिङ क्षेत्रका सरोकारवालाहरूले यस विषयमा सम्बन्धित निकायहरूसँग निरन्तर छलफल गरिरहेको जानकारी दिँदै ऐन संशोधनमार्फत यसको दीर्घकालीन समाधान खोजिनुपर्ने बताइन् । समितिका अन्य सदस्यहरूबीच पनि यस विषयमा सामान्यतया एकरुपता रहेको उल्लेख गर्दै उनले बाफियाको प्रश्तावित संशोधनमा यी विषयहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सुझाव दिएकी छिन् ।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरूलाई सम्बोधन गर्नुपर्ने बताएकी छिन् ।

सोमवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद अधिकारीले बैंकिङ क्षेत्रमा देखिएका कतिपय व्यावहारिक जटिलताहरूले समग्र क्षेत्रमै नकारात्मक प्रभाव पारिरहेको भन्दै यसतर्फ ध्यानाकर्षण गराएकी छिन् । उनले सामान्य प्रकृतिका समस्या वा ऋण असुलीका विषयलाई सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को योग्यतासँग जोडेर पदमा बस्न नमिल्ने बनाइनु असान्दर्भिक रहेको उल्लेख गरेकी छिन् ।

उनले भनिन्, ‘साधारण प्रकृतिका समस्याहरूलाई सञ्चालक समितिसँग जोड्ने र उनीहरूलाई बोर्डमा बस्न वा सीईओ हुन नपाउने व्यवस्था गर्नु न्यायोचित देखिँदैन । यस्ता प्रावधानले बैंकिङ क्षेत्रमा नेतृत्वको रिक्तता (भ्याकुम) सृजना गर्ने र कार्यरत जनशक्तिमा मानसिक तनाव बढाउने जोखिम रहन्छ ।’

उनले बैंकिङ क्षेत्रका सरोकारवालाहरूले यस विषयमा सम्बन्धित निकायहरूसँग निरन्तर छलफल गरिरहेको जानकारी दिँदै ऐन संशोधनमार्फत यसको दीर्घकालीन समाधान खोजिनुपर्ने बताइन् । समितिका अन्य सदस्यहरूबीच पनि यस विषयमा सामान्यतया एकरुपता रहेको उल्लेख गर्दै उनले बाफियाको प्रश्तावित संशोधनमा यी विषयहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सुझाव दिएकी छिन् ।


प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?