१६ चैत्र, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ । लिमिटेडको प्रतिशेयर रु एक सय दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
१६ चैत्र, काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु पनि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी साम्पाङले दिएका हुन् । उनले ऋण मिनाहाका लागि पटक-पटक सम्बन्धित मन्त्रालयलाई अनुरोध गरे पनि सुनुवाइ नभएको बताएका छन् । धरानमा सरकारले एसियाली विकास बैंक
श्रीलङ्काको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले भोलि मध्यरातदेखि इन्धनको मूल्य घटाइने बताउनुभएको छ । मन्त्री विजेसेकराका अनुसार भोलि मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० कायम हुनेछ । अब उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु
१५ चैत्र, काठमाडाैँ । आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अङ्क कायम भएको छ । आज दुई सय ५८ वटा कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर २५ हजार
१५ चैत्र, काठमाडाैँ । कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले पुग्थ्यो । मकै, चामल, गहुँदेखि मौसमी तरकारी र फलफूल सायदै किन्न पर्दथ्यो । भान्सामा केही सीमित वस्तुबाहेक कृषिजन्य उत्पादनको आयात आवश्यक थिएन । तर पछिल्लो समय कृषि प्रधान देश नेपालमा कृषिजन्य उत्पादन घट्दो र आयात बढ्दो अवस्थामा गएको देखिन्छ
१५ चैत्र, काठमाडाैँ । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबारको तुलनामा सुनको भाउ ५ सय रूपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख ८ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ । हिजो सुनको भाउ
१५ चैत्र, काठमाडाैँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बुधबार पनि अमेरिकी डलरको भाउ २९ पैसाले घटेको छ । यसअघि मंगलबार १८ पैसाले उक्त डलरको भाउ घटेको थियो । बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा कायम
१४ चैत्र, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता
१४ चैत्र, नेपालगञ्ज । व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज, भैरहवा र कृष्णनगर नाकामा थन्किएको छ हो । जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माका अनुसार यी नाकामध्ये सबैभन्दा बढी
१४ चैत्र, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई रु एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ । राष्ट्र बैंकले आज भुक्तानी सेवा प्रदायक संस्थालाई परिपत्र गर्दै वार्षिक रू एक लाखसम्मको व्यावसायिक कारोबारमा यस्तो व्यवस्था लागू गर्न भनेको