Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

विपद् प्रभावित किसानलाई राहत


९ ,श्रावण ,वागमती । वागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा विपद् प्रभावित किसानलाई रु एक करोड ५७ लाख ७५ हजार राहत वितरण गरेको छ ।

प्रदेश अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट प्रभावित पशुपन्छी तथा मत्स्य पालक किसानलाई राहत वितरण गरेको हो ।

राहत वितरणका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो । राहत वितरणका लागि मन्त्रालयले २०७९ साल मङ्सिर २३ मा सार्वजनिक सूचना जारी गरी विपद्बाट प्रभावित किसानलाई निवेदन दिन आग्रह गरेको थियो ।

निवेदन पेस भएकामध्येबाट छनोट भएका ४१ किसानलाई उक्त राहत रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए ।

विपद्को घटना खुल्ने प्रहरी मुचुल्का, कृषि ज्ञान केन्द्रलगायत सम्बन्धित निकायको सिफारिस र प्रमाणका आधारमा किसानलाई राहत वितरण गरिएको हो ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?