Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

विपद् प्रभावित किसानलाई राहत


९ ,श्रावण ,वागमती । वागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा विपद् प्रभावित किसानलाई रु एक करोड ५७ लाख ७५ हजार राहत वितरण गरेको छ ।

प्रदेश अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट प्रभावित पशुपन्छी तथा मत्स्य पालक किसानलाई राहत वितरण गरेको हो ।

राहत वितरणका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो । राहत वितरणका लागि मन्त्रालयले २०७९ साल मङ्सिर २३ मा सार्वजनिक सूचना जारी गरी विपद्बाट प्रभावित किसानलाई निवेदन दिन आग्रह गरेको थियो ।

निवेदन पेस भएकामध्येबाट छनोट भएका ४१ किसानलाई उक्त राहत रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिए ।

विपद्को घटना खुल्ने प्रहरी मुचुल्का, कृषि ज्ञान केन्द्रलगायत सम्बन्धित निकायको सिफारिस र प्रमाणका आधारमा किसानलाई राहत वितरण गरिएको हो ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?