Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

२६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन


१० श्रावण, जनपकुर । मधेश प्रदेशअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैयाले आर्थिक वर्ष २०७९/८० मा रू २६ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रू २६ करोड ८६ लाख ८६ हजार पाँच सय राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आव २०७८/७९ भन्दा गत वर्ष रू चार करोड ४२ लाख ५६ हजार बढी राजस्व सङ्कलन भएको हो ।

सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहाले रू तीन करोड ८० लाख ४३ हजार र सबैभन्दा कम सर्लाहीले रू दुई करोड ४६ लाख ७० हजार पाँच सय राजस्व सङ्कलन गरेको प्रमुख भट्टराईले बताए । उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले रू तीन करोड दुई लाख २३ हजार पाँच सय र बारास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले रू दुई करोड ७६ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै पर्साले रू तीन करोड ४२ लाख ६५ हजार, रौतहटले रू तीन करोड एक लाख चार हजार, महोतरीले रू तीन करोड २३ लाख ६८ हजार पाँच सय, धनुषाले रू दुई करोड ५९ लाख ६७ हजार पाँच सय र सप्तरीले रू दुई करोड ५३ लाख ५६ हजार पाँच सय राजस्व सङ्कलन गरेका ट्राफिक प्रहरी व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रदेशका आठ जिल्लामा गत आवमा पाँच हजार नौ सय ८८ सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा पाँच सय ५६ को मृत्यु भएको छ भने नौ हजार छ सय ७० घाइते भएका कार्यालयले जनाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले प्रदेशका सबै जिल्लामा विभिन्न समयमा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए ।

गत आवमा छ हजार दुई सय ७५ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी पाँच लाख २३ हजार पाँच सय ९१ सवारी चालक, यात्रु र विद्यार्थीलाई सचेत गराइएको प्रदेशका समुदाय प्रहरी साझेदारी कार्यक्रमका संयोजक प्रहरी सहायक निरीक्षक दीपक बस्नेतले जानकारी दिए ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?