Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

शेयर बजार लगातार तेश्रो दिन ओरालो


१० श्रावण, काठमाडाैँ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक त्यसपछिका तीन दिन भने लगातार ओरालो लागेको छ ।

सोमबार र मङ्गलबार दोहोरो अङ्कको गिरावट देखिएको नेप्से परिसूचक आज आठ दशमलव ११ अङ्कले घटेर दुई हजार एक सय ५६ दशमलव २० अङ्कमा कायम भएको हो ।

आज दुई सय ६० कम्पनीको ७३ लाख ९९ हजार चार सय ७४ कित्ता शेयर ४२ हजार सात सय १४ पटक खरिद–बिक्री हुँदा रू दुई अर्ब ४३ करोड २५ लाख आठ हजार सात सय ६९ बराबरको कारोबार भएको छ ।

वित्त समूह एक दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ०५ र अन्य समूह ११ दशमलव ३१ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ८६ दशमलव ७२ र होटल तथा पर्यटन समूह ८५ दशमलव ४२ अङ्कले घटेको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ६०, विकास बैंक १६ दशमलव ६७, जलविद्युत् २२ दशमलव १० र लगानी शून्य दशमलव ४७ अङ्कले घटेको छ ।

त्यस्तै, जीवन बीमा २७ दशमलव ९९, उत्पादन तथा प्रशोधन ४९ दशमलव ३५, लघुवित्त ३० दशमलव ९९ र व्यापार समूह २४ दशमलव ५० अङ्कले घटेको छ । आजको कारोबारपछि सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ९६ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ४९ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्या र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ग्लोबल आइएमइ बैंक लिमिटेडको प्रमोटर शेयर रू १५ करोड १२ लाख ५३ हजार नौ सय बराबरको १५ लाख १२ हजार पाँच सय ३९ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?