Trending
>>   मौसम : देशका विभिन्न भागमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना >>   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलर सहित आर्मेनियाका नागरिक पक्राउ >>   आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्छ : मन्त्री भण्डारी >>   बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा >>   सुमना श्रेष्ठको राजीनामा स्वीकृत >>   डेंगी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल >>   बालकोटमा कोठाभित्र मृत भेटिइन् रोशनी शाही >>   रवीन्द्र मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन >>   आज मिति २०८२ साल जेठ ११ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   अन्तिम प्रहरमा परीक्षाको तयारी कसरी गर्ने ?
Logo
१२ जेष्ठ २०८२, आईतवार
१२ जेष्ठ २०८२, आईतवार

अन्तर्वार्ता


मिटरब्याज पीडितसँग वार्ताको प्रतीक्षा गर्दै सरकारी वार्ता टोली

३ वैशाख ,काठमाडौँ । गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ । तीन दिनअघि वार्ता भङ्गको घोषणा गर्दै गृहमन्त्रालयबाट निस्किएका मिटरब्याज पीडितहरू त्यसपछि वार्ताका लागि भनेर मन्त्रालय आएका छैनन् । सरकारी वार्ता टोलीका संयोजक कोइरालाले उनीहरू आए जुनसुकै बेलामा

प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल

२ वैशाख ,काठमाडौँ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ वटा मन्त्रालयको समेत कार्यभार छ

राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट

८ चैत्र ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन्‌ । महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उनीहरूबीच नेपाल र जनवादी चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल

आज बसेको आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । बैठकमा यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन परिचालनसँग जोडिएका विषयमा छलफल भएको कांग्रेस उपसभापति एवं कार्यदल संयोजक पूर्णबहादुर खड्काले

अन्तर्वार्ताः संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : नेता पौडेल

आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उहाँले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान

अन्तर्वार्ता- जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ

नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा

यातायात मजदुरसँग वार्ता हुँदै

यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका छन् । विसं २०५६ मा काठमाडौँ महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा सञ्चालनमा ल्याएको थियो । उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन

गृहमन्त्री भन्छन-हिजो बोलेका शब्द शब्दको हेक्का छ,सबै फरार फन्दामा पर्छन

गृहमन्त्री रवी लामिछानेले आफूले गरेका सबै प्रतिबद्धताको शब्द शब्दको हेक्का रहेको बताएका छन् । फरार सांसद् लक्ष्मी कोइरीको बिषयमा प्रश्न उठेपछि सामाजिक सञ्जाल मार्फत उनले यस्तो बताएका हुन् । "पुराना"फरार"हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको

परराष्ट्र नीति सन्तुलित, विश्वसनीय र भरपर्दो हुनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष कोपी शर्मा ओलीले नेपालले सबै राष्ट्रहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)को परराष्ट्र विभागले आज यहाँ आयोजना गरेको दुई दिने अभिमुखीकरणमा उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपालले सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुने गरी सम्बन्ध कायम राख्नुपर्ने बताउनुभयो । “हामीले दुई वटा

मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ। शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छ। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु।

सम्वन्धित समाचारहरु